कार्तिक ६ गते, २०७६

‘सरकारलाई कांग्रेसले खबरदारी गरिरहेको छ’ : महामन्त्री कोइराला

पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनताले माग गरे संघीयता र गणतन्त्रका विषयमा जनमत संहग्रमा जान डराउन नहुने बताएका छन्। फागु अर्थात् होली पर्वको अवसरमा बुधबार टोखास्थित निवासमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले जनताले चाहे संघीयता र गणतन्त्रका विषयामा जनमत संग्रहमा जान डराउन नहुने बताएका हुन्।

‘‘संघीयता राख्ने कि खारेज गर्ने भन्ने विषय र गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा जनताले माग गरे भने जनमत संग्रहमा जानुपर्छ, उनले भने, ‘‘जनमत लिन हामी डराउनु हुँदैन। महामन्त्री कोइरालाले धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गरिनुपर्ने धारणा पनि दोहोर्याए। झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकलाई राजनीतिक निर्णयबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनु गलत भएको जिकिर गर्दै उनले जनमत संग्रहमा जानुपर्ने बताएका हुन्।

८० प्रतिशतभन्दा बढी हिन्दु भएको मुलुकमा राजनीतिक निर्णय गरेर धर्मनिरपेक्ष घोषणा गर्नु गलत हो, लामो समयदेखि हिन्दु धर्मका लागि जनमत गर्नुपर्ने धारणा राख्दै आएका कोइरालाले भने, ‘‘जनमत संग्रह गरेर यसका बारेमा जनताको राय लिनुपर्छ। उनले सरकार वाइडबडी काण्ड, सुन काण्डलगायतका भ्रष्टाचार प्रकरणहरुमा विवादित बन्दै गएको भन्दै कांग्रेसले निरन्तर संसदबाट खबरदारी गरिरहेको जिकिर गरे। ‘‘सरकारलाई कांग्रेसले खबरदारी गरिरहेको छ।

हामी संसदमा अहिले सानो शक्तिका रुपमा छौं। त्यसैले कमजोर प्रतिपक्षीको रुपमा देखिएको हुनसक्छ, संसदमा कांग्रेसको कमजोर भूमिकाका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘‘वाइडबडी काण्ड, सुनकाण्डका विषयमा सरकार विवादित बन्दै गएको छ, हामी खबरदारी गरिरहेका छौं। अब पनि जोडदार ढंगले वाइडबडीदेखि सबै भ्रष्टाचार प्रकरणका बारेमा संसदमा बलियो रुपमा उठाउँछौं।

महामन्त्री कोइरालाले पार्टीमा गठन हुन बाँकी विभाग गठनका बारेमा सभापति शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिँदै विभागहरु अबिलम्ब गठन हुनुपर्नेम जोड दिए। ‘‘पार्टीका विभाग गठनका बारेमा सभापतिजीसँग मेरो छलफल भइसकेको छ। विभागहरु गठन गर्न ढिला भैसक्यो। अब वादविवाद नगरेर सबै विभागलाई पूर्णता दिनुपर्छ,’’ उनले भने।

Loading...

प्रतिकृया लेख्नुहोस्: