कार्तिक ६ गते, २०७६

मन्त्री पण्डितले गरे होलिको आयोजना : उपप्रधानमन्त्रीदेखि कलाकारहरूको उपस्थिति

पटक हेरिएको

काठमाडौं । रङहरूको पर्व फागू पूर्णिमा बुधबार पहाडी क्षेत्रका नेपालीहरूले धुमधामका साथ मनाएका छन्। पहाडी क्षेत्र भएकाले संघीय राजधानी काठमाडौंमा पनि बुधबार होली पर्व भव्यताका साथ मनाइएको छ। शहरका प्रत्येक चोक(खुला चौरहरूमा विशेष नाचगान तथा रङ लगाएर होली मनाइएको छ। यसै, सन्दर्भमा नेपाल सरकारका मन्त्रीहरूले पनि होली पर्व मनाएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुल्चोकस्थित मन्त्री क्वार्टर हरिहरभवनमा होली मनाउने कार्यक्रम सम्पन्न गरेका छन्। मन्त्री पण्डितले आयोजना गरेको होली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलदेखि कलाकारहरूको समेत उपस्थिति थियो।

त्यसक्रममा उपप्रधानमन्त्री पोखरेलसहित नेकपाका वरिष्ठ तथा पूर्वप्रधानमन्त्री नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगर लगायतका मन्त्रीहरू सहभागी थिए।

यसैगरी, कलाकारहरू केदार घिमिरे ‘माग्‍ने बूढाु’ जितु नेपाल, सासदहरू तथा कार्यकर्ताहरू सहभागी भएका थिए। यसैगरी मन्त्रीहरूले आ-आफ्‍नै बासस्थानमा पनि होली पर्व मनाएका थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: