कार्तिक ६ गते, २०७६

प्रचण्डको पावरले होईन, आफ्नै क्षमताले मन्त्री बनेकी हुन् बिना मगर!

पटक हेरिएको

भुमिराज अधिकारी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाली रहेकी मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको थियो। बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी पनि हुन्।

कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी हाल (नेकपा) की सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बन्न सफल भईन। धेरैले भन्ने गर्छन् उनी प्रचण्डकी बुहारी भएकै कारण मन्त्री बन्न सफल भईन तर उनी आफ्नै क्षमताले भएकी हुन्। उनको आफ्नै कथा छ , आफ्नै बेथा छ, संघर्ष छ। त्यो सबैले बुझ्नु पर्छ। उनी कसैको दबाब र पावरमा मन्त्री बनेकी होईनन्। उनलाई आम नेपाली जनताले चाहेका थिए , नेतृत्वले चाहेको थियो। त्यसैले उनी मन्त्री बन्न सफल भईन।

विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक शिक्षा लिएकी थिईन्। पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गरेकी थिईन। उनले स्नातकसम्म पढेकी छिन्। काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्‍यो र भैरवनाथ गणमा २७ महिनासम्म चरम यातना सहित उनले बन्दी जीवन बिताएकी थिईन्। शान्ति प्रक्रिया प्रवेश पछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष समेत भएकी थिईन।

२०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन्। यस सँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट उनी चुनाव लडेकी थिइन्।

विनाले २०७४ सालको चुनावमा कञ्चनपुर बाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन जितिन्। उनका श्रीमान् अर्थात् प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातबाट निधन भएको थियो । विनाले शोककै वीचमा चुनावमा गएर सहानुभूतिको भोट समेत बटुलेकी थिईन्।

पारिवारिक रुपमा माओवादी नेकपा अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो। उनी प्रकाश दाहालको पारिवारिक जीवनमा हस्तक्षेप गर्दै दोस्री पत्नी बनेकी थिईन, जुन सांस्कृतिक विचलनले उनको संघर्षशील राजनीतिलाई छायाँमा पारि दियो। मन्त्री विनाका एक छोरा पनि छन्।

वीना मगर ओली सरकारकी कान्छी मन्त्री

खानेपानी मन्त्री वीना मगर केपी ओली नेतृत्वको मन्त्रिपरिषदको कान्छी सदस्य पनि हुन्। ३४ वर्षीया विना सम्भवत नेपालकै कान्छी महिला मन्त्री हुन्।

२०४० साल मंसिर २२ गते कन्चनपुरमा जन्मिएकी वीना पुर्नवास जनता माध्यमिक विद्यालयमा पढ्दा देखि नै सक्रिय राजनीतिमा लागेकी थिइन्। एसएलसी पछि उनी काठमाडौं पढ्न आएकी थिईन। उनी काठमाडौ आए पछि राजनीतिमा सक्रीय भएर लगेकी थिईन्।

सम्वन्धीत समाचार

खानेपानी मन्त्रालयको एक वर्ष, अन्तत : सफल ठहरिन मन्त्री बिना मगर

Related image

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा काम गरि रहेकी मन्त्री वीना मगर विकासको उदाहरण पात्र पनि हुन्। एक वर्ष अघि मन्त्रिपरिषद विस्तार हुँदा ओलीले खानेपानी मन्त्रालयको जिम्मेवारी मन्त्री विना मगरलाई दिएका थिए।

वषौं अघि देखि अलपत्र परेको मेलम्ची खानेपानी आयोजनालाई दशैंसम्म पूरा गर्ने उद्घोष मन्त्री बनेको केही दिनमा नै गरेकी थिइन मन्त्री मगरले। त्यति मात्र होइन मेलम्ची खानेपानी आयोजनालाई तीवू रुपमा अघि बढाउनाले अफ्नो व्यक्तिगत उचाई थप हुने भन्दै राष्ट्रिय गौरवको आयोजना पूरा पार्ने उनले बताएकी थिइन्।

हुन पनि हो, मन्त्री मगरले मेलम्ची आयोजनालाई तीव्र अघि बढाएर काठमडौंवासीले पानि पिउन पाएको भए उनको ‘हाइहाइ’ स्वयं उपत्यकावासीले गर्थे। तर, पटक पटकको समयसिमा र यही विषयमा देखिएको विवादका कारण मन्त्री मगरको प्रशसांभन्दापनि आलोचना बढ्न थालेको छ।

पटक(पटक समयसिमा सार्दै आफ्नो वाचा पूरा गर्न मन्त्रालय असक्षम भएको प्रष्ट देखिन्छ। मन्त्री मगरले ०७४ दशैंमा उपत्यकवासीलाई पानि पिलाउने वाचा गरेपनि आजसम्म योजना अलपत्र छ। २०५५ साल देखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजनाको जिम्मा लिएको ठेकदार कम्पनि नै यति बेला काम छाडेर हिँडेको छ।

सीएमसी कम्पनिसंग जोडिएर आएका विभिन्न विवादहरु संसद देखि सडकसम्म छताछुल्ल छन्। ०५५ सालयत हालसम्म १८ प्रधानमन्त्री, २४ विभागीय मन्त्री र २७ सचिव तथा अध्यक्ष फेरिएका छन्। तर विकास समिति गठन भएको २० वर्षसम्म आइ पुग्दा पनि पानी काठमाडौं आउने वातावरण निर्माण भएको छैन। उक्त कम्पनी हिँडे देखि मेलम्ची आयोजन सुनसान छ। आयोजनाको काम रोकिएको छ। आयोजनाका स्थानीय ठेकेदारहरुले मात्र करिब १ अर्बको रकम भुक्तानी पाएका छैनन्। कामदार र श्रमिकहरुले समेत ५ महिनादेखि तलब पाएका छैनन्।

२०४७ सालमा कृष्णप्रसाद भट्टराईको भाषणमा मेलम्ची सुरु गर्ने घोषणा गरेका थिए। यही आयोजनाकै विषयलाई लिएर अहिले खानेपानी सचिव र मन्त्रीबीच आयोजना रोकिनुमा एक अर्कालाई दोषारोपण गरि रहेका छन्। तत्कालीन सचिव गजेन्द्र ठाकुरको यही विवादका कारण सरुवा समेत भएको छ।

के मा व्यस्त भइन् मन्त्री मगर ?’

सुदूर पश्चिमबाट नै पहिलो पटक महिला मन्त्री बनेकी मगर मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष ‘तुँवालो भित्र हराएको काग’ जस्तो भइन्। मेलम्चि आयोजना जस्तो काठमाडौंवासीको ड्रिम प्रोजेक्टमा भन्दा पनि मन्त्री मगर सामान्य कार्यक्रममा बढी व्यस्त देखिइन्। उल्टै, मन्त्री मगर र मन्त्रालयका सचिवबीचको टकराव मिडियामा आयो।

कहिले ‘वाटर एटीएम’ उद्घाटनमा त कहिले सामान्य खानेपानी आयोजनामा उनले समय बिताएको प्रष्ट देख्न सकिन्छ। मेलम्ची आयोजनामा देखिएको विवादको सन्तोषजनक उत्तर मन्त्री मगरले दिन सकेकी छैनिन्। सरकार सञ्चालनको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने तयारीमा पनि मन्त्रालय देखिँदैन।

मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदीका अनुसार मन्त्रालयले आफ्ना कामहरु अघि बढाइ रहेको छ। प्रधानमन्त्री ओली पनि मन्त्री मगरको कार्यप्रगतिप्रति सन्तुष्ट हुन नसकेका हल्ला बाहीर आउन थालेका छन्। प्रवक्ता सुवेदी भन्छन् _ ‘मन्त्रालय आफ्ना कामहरुमा पूर्ण प्रतिबद्ध छ। मेलम्ची ले यो विषयलाई केही डिस्ट्रब गरि रहेको छ। यी सबै विवादहरु चाँडै निष्कर्षमा पु¥याउनका लगि मन्त्रालयमा छलफल भइ रहेको छ।’ प्रवक्ता सुवेदी मन्त्रालयले एक वर्ष मात्र भन्दा पनि समग्र समयसिमालाई आधार बनाएर सम्पूर्ण योजनाहरु अगाडी बढाइ रहेको बताउँछन्।

मन्त्रालय भन्छ :

विवादै विवादमा तानिँदै गएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची आयोजनाको ९६ प्रतिशत भौतिक प्रगति भएको मन्त्रालय दावी गर्छ। पछिल्लो ११ महिनामा मेलम्चीको खानेपानी आयोजनाको कार्य तिव्र गतिमा अगाडि बढेको मन्त्रालयको दाबी छ। खानेपानी मन्त्री विना मगरले कार्यकाल सम्हालेको ११ महिना बितेको अवसरमा उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘२७ वर्ष देखि सुरु भएको मेलम्ची आयोजनाको काम बितेको ११ महिनामा यति धेरै प्रगति होला भन्ने कसैले सोचेका थिएनन्।

वर्षौं वर्ष लगाएर २७ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएपछि यसको ढलान अर्थात फिनिसिङ गर्ने काम अब १ किलोमिटर पनि छैन।’ एक वर्षको अवधिमा मेलम्ची आयोजना बाहेक खानेपानी मन्त्रालय अन्तर्गतका निकायहरुले देशभरि नै साना ठूला गरी ५ सय १८ वटा खानेपानीका आयोजनाहरु सम्पन्न गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले ४ वटा आयोजना सम्पन्न गरिएको बताएको छ। यस्तै ११ महिनाको अवधिमा ३५ वटा सहरी तथा अर्धसहरी खानेपानी आयोजनाहरु सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले दाबी गरेको छ।

एसियाली विकास बैंकको सहयोगमा देश भरका विभिन्न २० वटा सहरहरुमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापनको लागि १७८ दशमलव ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतालाई मन्त्रालयले महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छ। मन्त्री बिना मगरले खानेपानी मन्त्रालय समालेको एक वर्ष पूरा भई सकेको छ। एक वर्षमा उनले विकास पनि गरेकी छिन् , खानेपानी मन्त्रालयमा कार्यरत धेरै कर्मचारीहरुलाई सुधार पनि गरेकी छिन्। उनी ओली सरकामा एक सफल मन्त्रीका रुपमा पनि चिनिएकी छिन्।

यो पनि

मेलम्चीमा कसैको गिद्दे नजर पर्न दिन्नँ : मन्त्री बिना मगर

खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएकी छन्।

संसदमा मेलम्चीबारे सांसद र मन्त्री मगरबीच प्रश्नउत्तर भएको थियो । सांसद डिला सङ्ग्रौलाले मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् रु भन्ने प्रश्न गरेकी थिइन्।

जवाफमा मन्त्री मगरले भनिन्, ‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना हो। त्यो सँगसँगै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिन्न।’

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यस अनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन्।

‘मैले देखेको फर्मुला मेलम्ची आयोजना प्लस सीएमसी आयोजना इजकल्टु (बराबर) काठमाडौको जनता हो’ उनले सचिव गजेन्द्र ठाकुरको सरुवाबारे भनिन् ‘सीएमसीलाई पहिलो प्राथमिकतामा राखेर काम गरियोस् भन्ने निर्देशन थियो। त्यो फर्मुलामा बसेर काम गरेको पाइन।’

मन्त्री मगरले कहिले काहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको दावी समेत गरेकी थिईन्।

लगतै पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो किन ढिलाइ भयो, अब पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गरेका थिए।

सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नु पर्ने सुझाव दिएका थिए।

सांसद गगनकुमार थापाले मन्त्रीले सचिवले कमिसन मागेको भन्नु र सचिव ठाकुरले सिएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनेको समाचार प्रकाशित भएको भन्दै दुई मध्ये को दोषी हो भनि प्रश्न गरेका थिए।

सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न गरेका थिए।

जवाफमा खानेपानी मन्त्री मगरले सचिवको अभिव्यक्तिबारे जवाफ दिइ रहनु नपर्ने भन्दै पन्छिइन्। मेलम्चीको हकमा सीएमसी आएमा काम छिटो हुने दावी गरिन्। ‘सीएमसी आएमा हामीले नेपाली भेण्डरको समस्या हल गर्न सक्छौं। रिटेण्डर सिस्टमबाट जान भन्दा छोटो समयमा काम गर्न सक्छौं’ उनले भनिन् ‘सीएमसीले विधि सम्मत ढंगले, ठेक्काको मान्यता भित्र रहेर आउँछ भने सरकारले वेलकम गर्छ।’

‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको उनको दाबी थियो। सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाएकी थिईन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: