आश्विन १ गते, २०७६

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा राख्ने मन्त्रिपरिषद्को निर्णय

पटक हेरिएको

विराटनगर । प्रदेश नम्बर १ को सम्पर्क राजधानी धनकुटा तोकिएको छ। मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटालाई प्रदेश राजधानी तोक्ने निर्णय गरेको हो। यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राख्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो। त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ। यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न बुधबारदेखि नेकपा संसदीय दलको बैठक बोलाईएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: