जेष्ठ ९ गते, २०७६

जेठ तीनमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको काम सकिन्छः महासचिव पौडेल

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जेठ तीन गते एकताको बाँकी काम सकिने बताएका छन्। राष्ट्रिय सभागृहमा बुधबार आयोजित युवा संघ २९ औं स्थापना दिवसको कार्यक्रममा उनले तीन गते जनसङ्गठनहरूको एकता, केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको काम टुंगिने उनले बताएका हुन्।

नेकपाले पार्टी एकता र मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर पुरानो पार्टी कार्यालयमा कार्यक्रम राखेको छ। त्यही कार्यक्रममा एकता घोषणा हुने महासचिव पौडेलले जानकारी दिए।

प्रतिकृया लेख्नुहोस्: