श्रावण ३२ गते, २०७६

सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको छ : नेता पौडेल

पटक हेरिएको

धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका छन्। धादिङमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसँगको भेटमा नेता पौडेलले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपालीुको नारा देखाउने दाँत मात्र भएको टिप्पणी गरे।

‘भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दासमेत प्रतिक्रियाविहीन रहेको सरकारबाट समृद्धिको कुनै आशा गर्न सकिन्न,’ पौडेलले भने, ‘प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय बिना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरूलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको संकेत दिएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: