आषाढ़ १ गते, २०७६

‘काठमाडौंको होटलमा बसेर मनलाग्दी रुपमा डिसिएमको कोटा बाँडे’ : नेता खेम सिंह

पटक हेरिएको

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका स्वकिय सचिव एवंम् नेकपा कालीकोट जिल्ला समिति सदस्य खेमबहादुर सिंहले केही नेताहरुले काठमाडौंका होटलमा बसेर डिसिएम भागबन्डा गरेको आरोप लगाएका छन्।

उनले भने- कालीकोटमा पूर्व माओवादीको डिसिएम सिफारिस गर्दा केही नेताहरुले काठमाडौंमा भागबन्डा गरेको आरोप लगाए।

उनले भने,- सांसदहरु (दुर्गबहादुर राउत, जीवन बुढा) कालीकोटको पूर्व माओवादीको संयोजक अर्थात् हालको अध्यक्ष धनजीत शाही आदर्श लगायतका नेताहरु काठमाडौंमा बसेर कोटा बाँडेका हुन्। कालीकोट जिल्ला समिति सदस्य बनेका सिंहले आफ्नो पनि समिति निर्माणप्रति पुरै असहमति भएको बताए।

यसै बीच नेकपाका कर्णाली प्रदेशका सदस्य लक्ष्मीप्रसाद चौलागाईले काठमाडौं बसेर डिसिएम सिफारिस गर्ने बारे अनौपचारिक रुपमा छलफल भएको स्वीकार गरे।

उनले काठमाडौंको पेरिसडाँडा, धुम्बाराही र सुन्धाराका होटलहरुमा बिभिन्न चरणमा छलफल भएको स्वीकार्दै त्यस्तो छलफलमा आफू पनि संलग्न भएको बताएका थिए।

प्रतिकृया लेख्नुहोस्: