श्रावण ३२ गते, २०७६

सरकारी अस्पतालमा आएका बिरामीलाई निजीमा नपठाउन संसदमा सांसद गुरुङको ध्यानाकर्षण

पटक हेरिएको

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालमा पठाएको भन्दै नेकपाका सांसद देवप्रसाद गुरुङले संसदमा ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा गुरुङले स्वामित्वमा रहेको अस्पतालले आफैं उपचार गनुपर्नेमा निजीमा पठाउने गरेको भन्दै आपत्ति जनाए।

त्यसले निजी अस्पतालको एजेन्टको भूमिकामा सरकार अस्पताल देखिएको उनको भनाइ छ। उनले भने, “यस्तो विकृति छ। यसलाई अविलम्ब नियन्त्रण गरियोस्।”

Loading...

प्रतिकृया लेख्नुहोस्: