श्रावण ३२ गते, २०७६

‘भ्याट विस्तार गर्नु गरीबमारा नीति हो’ : मिनेन्द्र रिजाल

पटक हेरिएको

काठमाडौं । छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले मूल्यअभिबृद्धि कर (भ्याट) हटाउनु पर्ने धारणा राखेका छन्। अर्थ मन्त्रालयको आगामी वर्षको कार्यक्रम छलफलमा भाग लिँदै रिजालले भ्याटजस्तो अप्रगतिशिल कर प्रणाली हटाएर प्रत्यक्ष कर प्रणालीमा जानुपर्ने धारणा राखे।मंगलबारको प्रतिनिधि सभा बैठकमा रिजालले विगतमा आवश्यकता हुँदा ल्याइएको भ्याट अब असान्दर्भिक भइसकेको दाबी गरे।

‘हिजोका दिनमा मुल्य अभिबृद्धि कर आवश्यकता थियो। यो कर गरीबदेखि धनीसम्म सबैलाई एउटै दरमा लाग्छ। त्यसैले यो अप्रगतिशिल कर प्रणाली हो’ उनले भने ‘अब यसबाट उम्किएर प्रत्यक्ष करमा निर्भर हुनेतिर जानुपर्ने बेला भयो। म आग्रह गर्छु अर्थ मन्त्रालयले त्यसमा नेतृत्व गर्न सकोस्।’ हरेक व्यक्तिको आयमा कर लाग्ने प्रणालीलाई व्यवस्थित बनाउनका लागि दायरा फराकिलो बनाउनुपर्ने बेला भ्याट अझै विस्तार गर्नु गरीबमारा नीति भएको उनको भनाइ छ।

काँग्रेसकै सांसद त्यसमा पनि छाया सरकारका अर्थमन्त्रीले यस्तो धारणा राखेको प्रति काँग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महत विश्वास नै गर्दैनन्। ‘काँग्रेसको पोजिसन भ्याट हटाउने भन्दा पनि जथाभावी भ्याट लगाउने कुराको विरोध गर्ने हो, हाम्रो पार्टीका सांसदहरुले अहिले ढुवानी तथा अन्य केही सेवामा लगाएको करले अर्थतन्त्रको संरचनामै असर गर्छ भनेर बोलेका छन्’ उनले भने।

डा.महत भ्याटका बलिया समर्थक हुन्। वस्तु तथा सेवामा छरिएर रहेका विभिन्न करलाई एकीकृत गरी एकल दरमा कर लगाउन भन्दै मूल्य अभिबृद्धि कर ऐन २०५२ आएको थियो। २०५४ सालदेखि पूर्ण रुपमा लागू भएको भ्याट अहिलको कर संरचनामा सबैन्दा बढी योगदान गरिरहेको शिर्षक हो। गएको वर्ष भ्याटको २८ प्रतिशत योगदान रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: