तिर्न नसकिने ऋण स्वीकार गर्दैनौ : प्रधानमन्त्री ओली - Nepal Talk
आषाढ़ २९ गते, २०७७

तिर्न नसकिने ऋण स्वीकार गर्दैनौ : प्रधानमन्त्री ओली

पटक हेरिएको

काठमाडौ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ ऋणमा नेपालमा बनि रहेको पूर्वाधार निर्माणबारे चासो व्यक्त भएको छ। दक्षिण एशिया र अफ्रिकाका केही मुलुकहरुमा चिनियाँ ऋण लगानीमा बनेका आयोजनाका कारण सम्बन्धित देशले आर्थिक संकट भोगि रहेको विषय उठि रहँदा ओलीको भ्रमणमा युरोपमा त्यसबारे चासो व्यक्त भएको हो।

मङ्गलबार साँझ बीबीसीले प्रधानमन्त्री ओलीसँग चिनियाँ ऋण लगानीमा बनि रहेका आयोजना नेपालले थेग्न सक्ने नसक्ने बारेको प्रश्नमा ओलीले नेपालले त्यसको व्यवस्थापन गर्न सक्ने बताए। ओलीले भने- हामीले अरुको अनुभवबाट सिकेका छौं, हाम्रो मामलामा हामीले व्यवस्थापन गर्न सक्ने देखेर मात्र ऋण लिएका छौं।

नेपालले आवश्यकता र प्राथमिकता हेरेर मात्र ऋण स्वीकार गर्ने बताए। तिर्न नसकिने ऋण स्वीकार नगरिने स्पष्ट पारे। त्यसको हिसाबकिताब गरेर मात्र लिने बताए। विदेशी लगानीलाई सरकारले स्वागत गर्ने ओलीको भनाई थियो।

देश भित्र दुई वटा एयरपोर्ट चीनको ऋण सहयोगमा चिनियाँ कम्पनिले बनाइ रहेका छन्। पूर्वाधार निर्माणमा चिनियाँ कम्पनिहरु आइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसले चासो पाएको हो। विशेष गरी युरोपेली मुलुकहरुले चीनको सँसारभर बढ्दो आर्थिक प्रभावलाई गम्भीरताका साथ लिइ रहेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: