कार्तिक ६ गते, २०७६

‘हामीले काम गर्ने शैलीलाई परिवर्तन गरेनौं भने मुलुकमा समृद्धि प्राप्त हुँदैन’ : मुख्यमन्त्री पौडेल

पटक हेरिएको

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन्। बुधवार हेटौंडामा शुरू भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए।

मुख्यमन्त्री पौडेलले भने, ‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौं भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको बाहक हौं भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ।’ प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो। दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: