आषाढ़ १ गते, २०७६

डा.संग्रौलाको प्रश्न : अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सरकार के गर्दैछ ?

पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी माग गरेकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाका बारेमा सरकारसँग जानकारी मागेकी हुन्।

‘‘योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था के छ ? कार्यान्वयनको क्रममा रहेका सामाजिक सुरक्षा योजनाका लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन सकिरहेको छैन,’’ उनले भनिन्, ‘‘यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जाने नसक्ने अवस्थाले थप जटिलता सृजना भएको छ। यस विषयमा सरकारको ठोस कार्यक्रम खोइ ?’

सांसद संग्रौलाले सुरक्षा योजनाले केवल संगठित योजनालाई समेटे पनि सुरक्षा योजनाको छाताभित्र नरहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि सरकार के गर्दैछ भनेर पनि प्रश्न गरिन्। वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउनु पर्दछ भन्ने विषयप्रति सरकार मौन बसेको प्रति उनले आपत्ति जनाइन्।

प्रतिकृया लेख्नुहोस्: