आषाढ़ १ गते, २०७६

पत्रकार महासंघ कांग्रेसको भातृ संगठन हो, आन्दोलनको औचित्य छैन

पटक हेरिएको

काठमाण्डौ । सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसको जागरण अभियान जस्तो नेपाल पत्रकार महासंघको आन्दोलनले सरकारलाई कुनै असर नगर्ने बताएका छन्। टेलिभिजनको एक कार्यक्रममा कुरा गर्दै मन्त्री बास्कोटाले महासंघको आन्दोलनको औचित्य नभएको बताएका हुन्।

मिडिया काउन्सिल विधेयकमा उल्लेख गरिएका केही प्रावधान सच्याउन आन्दोलन गरि रहेको महासंघलाई मन्त्री बास्कोटाले कांग्रेसको भातृ संगठनको संज्ञा समेत दिए।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले आन्दोलन जारी राखेको छ।

प्रेस जगतलाई नियन्त्रण गर्ने गरि बिधयेक अघि बढ्न नहुनेमा महासंघले जोड दिदै आएको छ। तर मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विषयमा नपढिकन टिप्पणी गरिएको आरोप लगाएका छन्।

मन्त्री बास्कोटोले विधेयकले लोकतन्त्र नै खतरामा पारेको भन्ने टिप्पणी गलत भएको समेत बताए। उनले पत्रकारिता तथ्यकारिता भएको भन्दै आशंकाकारितालाई निरुहात्सित पार्नु पर्ने उल्लेख गरे। विधेयक फिर्ता नहुने अडान पनि मन्त्री बास्कोटाले लिएका छन्।

प्रतिकृया लेख्नुहोस्: