मंसिर २ गते, २०७६

‘मन्त्रीमण्डल फेरिने कुरा हल्ला मात्र हो’ : मन्त्री खनाल

पटक हेरिएको

बुटवल । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन्। बाहिर आए जस्तो हल्ला भित्र नभएको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरे पनि त्यहि मान्छे बसि रहने कुरा पनि हुदैन,अरुलाइ पालो पनि दिनुपर्छ,मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाए पनि कुनै टेन्सन छैन।’उनले रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले बजार हल्लामा त नसुनिएको नाम नै कुन मन्त्रीको छ र ? भन्दै प्रश्न गरे।

‘आलोपालोमा सहमति भएको हो,तर अढाइ बर्ष पुग्नै बांकी छ’

उनले भने—‘पार्टीमा गज्याङमज्याङ छ ,बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ ,जवज र २१ शताब्दीको जनबाद दुइवटै परिमार्जन रुप नै जनताको जनबाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ।’

तत्कालीन अवस्थामा दुइ पार्टीबिच पार्टी एकता पनि गरौँ,सरकार आलोपालो पनि गरौं भनिएकै हो तर अहिले बेला भएको छैन,अढाइ बर्ष त भएको छैन नी।’ उनले भने। पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए।

पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उनले भने —बैचारिक एकता,सांगठनिक कुरा ,सरकार र नेतृत्व आलोपालो।’
मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबि गरे। सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले तर भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे।

भन्सारमा दलालको बिगबिगी :

सरकारले कृषिमा छुट्याएको २८ अरब बजेट मध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूजिगत बजेट २ अरब रहेको जानकारी दिए।
कृषि मन्त्री खनालले खाद्य,प्लान्ट,पशु क्वारेन्टाइनको रिर्पोटपछि भन्सार हुनु पर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको स्वीकारे।

नेपाल दुधमा आत्म निर्भर हुनु पर्ने भन्दै उनले गतसाल असारबाट धुलो दुध आयातमा बन्द गर्यौं गरेको उनले बताए। कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: