श्रावण ८ गते, २०७६

सरकार र विप्लव विच भिडन्त,विप्लव समुह भन्छ : अब प्रधानमन्त्री निवास बालुवाटार आक्रमण गर्छौ

पटक हेरिएको

भुमिराज अधिकारी

काठमाडौ । गत जेठ ७ गते ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाककाउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिए। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लागेको २० दिनमै प्रहरीले चलाएको गोली लागेर उनले ज्यान गुमाएका थिए। तर, विप्लवलाई प्रहरीले गिरफ्तार गरेपछि गोली हानेर हत्या गरेको दाबी विप्लवले गर्दै आएको छ। विप्लवका एक नेता शैलेशले आफ्नो समूहमा रहेका तीर्थलाई प्रहरीले घेरामा हालेपछि समातेर यातना दिइ गोली हानेर हत्या गरेको दाबी गरेका थिए।

दिनप्रती दिन सरकार र विप्लव बिच झन् द्धवन्द्ध हुन थालेको छ। भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच सोमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरी माथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ। त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइको मृत्यु भएको हो।

अनि विप्लव रिसाए

आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेपछि हत्या गरेको भन्दै विप्लवले त्यसको बदला लिने योजना सुरुबाटै बनाएको थियो । तर सोलुखम्बुको छेस्काममा प्रहरी चौकी कब्जा गरेको समाचार बाहिरिएसँगै विप्लवका नेता कार्यकर्ताले लुक्नुपर्ने बाध्यता आएको थियो । गत जेठ १९ गते छेस्काम चौकी घटनापछि सरकारले सशस्त्र र जनपथको ठुलो टोली उतारेर विप्लवको खोजी थालेको थियो । त्यस क्रममा भोजपुर, संखुवासभा र खोटाङबाट समेत प्रहरी टोली डिएसपीकै कमाण्डमा परिचालित थियो। प्रहरीको निरन्तर निगरानीका कारण खुम्चिन बाध्य विप्लवका कार्यकर्ता बर्षेझरीसँगै चलायमान भएका थिए। प्रतिकुल मौसमका कारण प्रहरीको गस्ती नियमित हुन नसकेपछि विप्लवका कार्यकर्ताको उपस्थित सदरमुकाम नजिकका गाउँसम्म पुगेको थियो।

सदरमुकाममै विप्लवका कार्यकर्ता

ट्याम्के(मैयुङको धोद्रेमा आफ्ना एक कार्यकर्ताको प्रहरीले ज्यान लिएपछि विप्लवका कार्यकर्ता आक्रमक भएका थिए। यसको पुष्टि असार १८ गते ट्याम्के-मैयुङ–१ को वडा कार्यालयमा आगजनी र तोडफोडले पुष्टि गर्छ। त्यही दिन भोजपुरको देउरालीस्थित सौदा चोकमा एउटा घरेलु बम भेटिएको थियो। जसलाई निष्कृय पार्न नेपाली सेनाको २ नम्बर बाहिनी कार्यलयबाट टोली नै आउनु परेको थियो।

घटना के हो ?

भोजपुर सदरमुकाम भन्दा केही तल शनिबार र बुधबार हटिया लाग्ने गर्छ। उक्त हटियाको पश्चिमतर्फ जनयुद्धको समयमा माओवादीमा हिँडेर भागेकी एक कार्यकर्ताले पाँचधारे होटल चलाइ रहेकी छन्। उक्त होटलमा बुधबार बिहान साढे ८ बजे पछिको समयमा पुगेका थिए विप्लवका ओखलढुंगा सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’। उनको घर भोजपुरको साविक बोया गाउँ विकास समिति (हाल षडानन्द नगरपालिका) मा पर्छ। उनी अर्का साथी सहित पाँचधारे होटलमा बसेका थिए।

प्रहरीको सूचनालाई मान्ने हो भने उनी बिहानै मदिराले मातेको अवस्थामा थिए। प्रशान्त पाँचधारे होटलमै रहेका बेला नेपाल प्रहरीका घुमुवा सञ्जीव राई सहितको सादा पोशाकको टोली होटलमा पस्यो। ‘होटलमा पसे पछि प्रहरीको सादा पोशाकको टोली र प्रशान्तबीच विवादको अवस्था उत्पन्न भयो’, भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा भन्छन्, ‘विवादकै क्रममा प्रशान्तले प्रहरी जवान सञ्जीवमाथि गोली हाने। त्यस पछि प्रहरीको जवाफी कारबाहीमा प्रशान्तको पनि ज्यान गयो।’

के भन्छन् आइजीपी

प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन्। बुधबारको संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराएका छन्। ‘भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ’ महानिरीक्षक खनालले भने।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए। महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो। भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ।

विप्लवको फरक दाबी

यता भोजपुर नै घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’का एकजना केन्द्रीय सदस्यले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेको छ । ती केन्द्रीय सदस्यले अहिलेसम्म प्रहरी र सेनामाथि आक्रमण गर्ने आफूहरुको कुनै नीति नभएको दाबी गरे। ‘प्रशान्त ओखलढुंगा सेक्रेटरी हुन्। उनी पार्टीमा बिदा लिएर घर गएका थिए। उनले कुनै किसिमको हतियार बोकेका थिएनन्’, विप्लवका ती नेताले भने, ‘प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागेको हो। प्रशान्त निसश्त्र थिए।’

विप्लवका ती नेताले आफ्नै गोलीबाट सञ्जीवको मृत्युपछि प्रशान्तलाई प्रहरीले समातेर गोली हानेको दाबी गरे। ‘प्रशान्तलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानिएको छ’, उनले भने, ‘उनीसँग हतियार थिएन, उनको कार्यक्षेत्र भोजपुर नभएकाले उनी निशस्त्र अवस्थामा ओखलढुंगाबाट त्यहाँ पुगेका थिए।’

चल्दै थियो लुकामारी प्रशान्त एक साताअघि भोजपुर छिरेको सूचना पाएपछि प्रहरी एलर्ट थियो। उनी भोजपुर सदरमुकाम आसपासमै रहेको सूचनाका आधारमा उनलाई पछ्याइरहेको थियो प्रहरी। ‘विप्लवका नेता सदरमुकाम आसपास नै रहेको सूचनाका आधारमा गस्ती बढाएका थियौँ’, भोजपुरका एक प्रहरी अधिकृतले भने, ‘बुधबार पनि मुसलधारे पानीका बीच हामी गस्तीमै थियौँ, त्यही क्रममा विप्लवका कार्यकर्तासँग गोली हानाहान भएको हो।’

यो पनि पढ्नुहोस्

प्रहरीलाई विप्लवको चेतावनी : मार्ने सपना बोकेर गाउँ प्रवेश गरेमा खरानी बनाउँछौ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले कालिकोटमा अनावश्यक अपरेसन सुरु गरेको भन्दै जुनसुकै बेला भिडन्तको अवस्था सिर्जना भएको बताएको छ। आफ्नो आधार क्षेत्र मानि रहेको कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरीले उपस्थिति जनाउँदै ब्यापक सर्च अपरेशन गरेपछि विप्लव नेकपा निकै आक्रोशित बनेको छ।

नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले सर्लाही घटना दोहोर्याउने सपना बोकेर प्रहरी गाउँ प्रवेश गरेमा खरानी पार्ने चेतावनी दिएका छन्। कालिकोटको एक विकट गाउँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले त्यस्तो चेताबनी दिएका हुन्।

जिल्ला भित्र भएका केही घटनालाई आधार मानेर प्रहरी गाउँ–गाउँ छिरेर खानतलासी गर्ने, ब्यापक धरपकड गर्ने, जनता आतंकित गर्ने र आफ्ना नेता तथा कार्यकर्ताको प्रहरीले पिछा गर्ने गरेमा आफ्नो पार्टीले प्रतिरोध गर्ने जानकारी दिंदै उनले त्यसका लागि तयार रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।

आफुहरुको लडाइँ सेना र पुलिससँग नभएको जिकिर गर्दै नेता रणदिपले देशको ढुकुटी खत्तम पारेर लुट मच्चाउने भ्रस्ट जनप्रतिनिधि र देशका भ्रष्ट दलालहरु बिरुद्धको लडाइँमा साथ दिन सम्पूर्ण सुरक्षाकर्मीसँग अनुरोध समेत गरे।

शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउँने अधिकारलाई सरकारले प्रतिबन्ध लगाएकाले आफुहरु बाध्य भएर संघर्षमा जानु परेको बताउँदै नेता रणदीपले यही संघर्षका क्रममा झुट्ठा मुद्दा लगाएर गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरे। यदि गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहा नगरी पार्टी थप शसक्त संघर्षमा जाने चेतावनी दिंदै त्यसबाट उत्पन्न हुने परिणामको भागीदार सरकार स्वंम हुने उनको भनाई थियो।

सरकारले प्रतिबन्ध लगाए पछि नेकपाको गतिविधि कालिकोटमा झन् बढ्दै गएपछि सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मंगलबार राती नरहरीनाथ गाँउपालिकाको कार्यालय स्थानीय जनताहरुले जलाए पछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६र६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए। उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ।’

नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ। नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोटवाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिका तिर केन्द्रित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँउमा नेकपाविरुद्ध अप्रेशन सुरु गरेको छ।

नेकपा विरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै नेकपाको कालिकोट जिल्ला कमिटीमा रहेका ८८ जना नेताहरुको घरघरमा पुगी गिरफ्तार गर्ने बताए। उनले भने, ‘हामीले गाँउमा नेकपा विरुद्ध अप्रेशन सुरु गरेका छौँ। कुनै पनि हालतमा चारै तिरबाट घेराबन्दी गरेर नेकपाको कालिकोटका नेताहरुलाई पक्राउ गर्छौँ।’ कालिकोटका ग्रामिण स्तरमा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र नेकपा विरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन्।

२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको दशबर्षे जनयुद्धको दर्दनाक पीडा भोगेका कालिकोटका नागरिकहरु पुन मुलुक द्वन्द्वमा जान्छ कि भन्ने अनुमान लगाउन थालेका छन्। गाँउमा नेकपाले गतिविधि बढाउनु र सरकार नेकपाप्रति दिन प्रतिदिन आक्रामक बन्नु, प्रहरी पनि गाउँ केन्द्रित हुनुले स्थानीय नागरिक द्वन्द्वको चपेटामा पर्ने डर सिर्जना भएको छ। अहिलेसम्म त्यहाँका जनताहरु भने दमनका विरुद्ध प्रतिरोध गर्दै आइ रहेका छन्। विप्लव समुहले प्रधानमन्त्री निवास बालुवाटार कब्जा गर्ने तयारी गर्दै आएको छ। विप्लव समुहका एक उच्च नेताले भने -‘अब हामी युद्ध शुरु गर्छौ ,सबै भन्दा पहिला बालुवाटार आक्रमण गर्छौ।’

Loading...

प्रतिकृया लेख्नुहोस्: