कार्तिक ६ गते, २०७६

ओलीलाई पार्टी भित्र पूर्व प्रधानमन्त्री/उपप्रधानमन्त्री मिलाउन सकस

पटक हेरिएको

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी भित्र बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन पूर्व प्रधानमन्त्रीहरु छन्। उपप्रधानमन्त्रीहरुको संख्या यो भन्दा धेरै छ। दुई ठूला कम्युनिष्ट पार्टी नदी जसरी मिल्दा बनेको नेपाल कम्युनिष्ट पार्टी सागर बनेको छ। तर, सागरको व्यवस्थापन जटिल बनेको छ। नेकपा भित्र सरकारको उच्च पदमा पुगि सकेकाहरुको व्यवस्थापन निकै कठिन बन्नुको मुख्य कारण विगतमा शक्तिको अभ्यास गरि सकेका तर सन्यास नलिएकाहरु भएकाले पनि हो।

तत्कालिन नेकपा एमालेमा नेतृत्व विकासमा ढिलाई र नयाँ पुस्ताले अवसर नपाएको अवस्थालाई दृष्टिगत गरी उमेरहद राखिएको थियो। जुन पार्टी एकीकरणपछि विधानबाट हटाइयो। नत्र झलनाथ खनाल, वामदेव गौतम, अमिक शेरचन जस्ता नेताहरु राजनीतिबाट सन्यास लिनुपर्ने वाध्यकारी अवस्था बनि सक्थ्यो।

अहिले पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड अध्यक्षकै पदमा छन्। पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको जिम्मेवारीमा छन्। सचिवालयमा उपप्रधानमन्त्री भइ सकेकाहरुले स्थान पाएनन्। बहालवाला उपप्रधानमन्त्री इश्वर पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मात्र सचिवालयमा छन्।

पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, अमिक शेरचन र टोपबहादुर रायमाझी सचिवालयको जिम्मेवारीमा छैनन्। यसले उनीहरु बेला बेलामा असन्तुष्टि पोखि रहन्छन्। भीम रावल ओलीका कट्टर आलोचकका रुपमा देखिदै आएका छन्।

नेकपा भित्र चारजना प्रधानमन्त्री भइ सकेका नेता हुनु र त्यो भन्दा बढी संख्यामा उपप्रधानमन्त्री भइ सकेकाहरु हुनुले पार्टीको महत्वपूर्ण विभागहरुको बाँडफाँडमा समस्या देखिएको छ। माधवकुमार नेपाल र झलनाथ खनालको महत्वपूर्ण विभागको दाबी छ। नेपालले विदेश विभाग र खनालले स्कुल विभाग दाबी गरि रहेका छन्। यसमा नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको पनि दाबी छ।

संगठन विभागमा वामदेव गौतम र इश्वर पोखरेलको दाबी छ। महासचिव विष्णु पौडेल पनि दाबेदार हुन्। अन्य विभागहरुको छिनोफानो गरिसकिएको भनिएपनि मिलाउन सहज छैन।

धेरै जना समकालिन र समान शक्तिका नेताहरु हुनाले नेकपाभित्र नेतृत्व देखि महत्वपूर्ण पदहरुमा दाबेदारको संख्या बढेको हो। ओलीका लागि आफ्ना समकालिन र लामो संघर्ष गरेर स्थापित नेताहरुलाई वाइपास गरेर जान कठिन मात्र होइन चुनौतीपूर्ण छ। यसो गरेमा उनका लागि पार्टी भित्र र बाहिर समेत घेराबन्दी बढ्न सक्छ। पद नपाएमा कडा कदम चाल्ने अघाषित चेतावनी केही प्रभावशाली नेताहरुले दिइ सकेका छन्। यसले पनि नेकपा भित्रको एकता प्रक्रिया टुंगिएर पद बाँडफाँडमा कठिनाई भइ रहेको छ।

ओली प्रचण्ड देशका ठुला भ्रष्ट्रचारी हुन् (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: