कार्तिक ६ गते, २०७६

‘कार्यशैलीमा परिवर्तन नगरेसम्म भाषणले मात्रै समृद्धि आउँदैन’ : मुख्यमन्त्री पौडेल

पटक हेरिएको

काठमाडौं । प्रदेश-३ का मुख्‍यमन्त्री डोरमणि पौडेलले भाषणले मात्र समृद्धि नआउने बताएका छन्। बिहीबार काठमाडौंमा विभिन्न सञ्‍चार माध्यमका सम्पादकहरूसँग अन्तरक्रिया र सुझाव संकलनका क्रममा मुख्‍मन्त्री पौडेलले यस्तो बताएका हुन्। समृद्धिका लागि काम गर्नैपर्ने पर्ने उनको भनाइ छ। ‘कार्यशैलीमा परिवर्तन नगरेसम्म भाषणले मात्रै समृद्धि आउँदैन’ पौडेलले भने,’ आधारपत्र तयार गरिसकेका छौँ केही समयभित्रै ३ नम्बर प्रदेश रूपान्तरणमा जान्छ।’

हाम्रा हरेक विकासका आयोजना समृद्धिसँग जोडिएको हुनुपर्नेमा मुख्‍मन्त्री पेडेलको जोड छ। हामीले अरूको भन्दा फरक केही गर्नुपर्नेमा उनको जोड छ। सबैभन्दा महत्त्वपूर्ण कृषि उत्पादनमा जोड दिएर केही वर्षपछि कृषि सामग्रीहरू निर्यात गर्न सकिने उनले विश्वास व्‍यक्त गरे। माछा, मासु, अण्डामा आत्मनिर्भर बन्न र सामूहिक खेतीमा आफूहरूको जोड रहेको पनि मुख्‍मन्त्री पौडेलले बताए।

सामूहिक खेतीका लागि चितवन सिन्धुलीमा सुरु गरिएको र फलफूलकै वृक्षरोपण गरिएको तथा मरिणमा २० हजार लिचीका बोट र सडकमा पनि फलफूलका विरुवा रोप्ने अभियानमा रहेको उनको भनाइ छ। एक जिल्ला एक उत्पादन केन्द्र निर्माणका लागि मकवानपुरका मनहरीमा ठूलो उद्योग सञ्‍चालन गरिने र सन् २०८५ सम्ममा डिजेल पेट्रोलका बस विस्थापित गरिने उनको भनाइ छ। दसैंपछि विद्युतीय बस, तथा विद्युत्तीय सवारीसाधन बढाउने पनि मुख्‍मन्त्री पौडेलले सुनाए।

Loading...

प्रतिकृया लेख्नुहोस्: