मंसिर ३० गते, २०७६

प्रचण्ड फेरि जंगिए : ‘ईतिहास उल्टाउन खोज्नेहरुलाई फोहोरको थुप्रोमा मिल्क्याइ दिन्छौं’

पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपछि अर्कोगरि आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका छन्। केही दिन पहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरे बोल्न र सक्रिय नबन्न चेतावनी दिएका प्रचण्डले फेरि लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने घोषणा गरेका छन् ।

आज काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् । परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए।

उनले भने, “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ। पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”

Loading...

प्रतिकृया लेख्नुहोस्: