मंसिर ३० गते, २०७६

१२ सय नेता-कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस

पटक हेरिएको

काठमाडौँ । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेका १ हजार २ सय स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। केन्द्रीय सदस्य भीष्म आङदेम्बेको नेतृत्वमा गठित अनुशासन समितिले आरोपित सबैलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा बुधबार प्रस्तुत अनुशासन समितिको कार्य प्रगतिसम्बन्धी प्रतिवेदन पारित गरे पछि कारत्राही प्रक्रिया अघि बढ्नेछ। समितिले पत्र काटेको ३५ दिन भित्र अनुशासन समितिमा स्पष्टीकरण दिनुपर्नेछ।

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार, प्रस्तावक, समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार बनेका र तिनका प्रस्तावक र समर्थक नेता तथा कार्यकर्तालाई भने यसअघि नै पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिएको छ। विधानमा यस्ता व्यक्तिहरू स्वतः पार्टीबाट निष्कासन हुने व्यवस्था छ । ३२ जिल्लाका २ सय ९८ जना यसरी निष्कासन भएका हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: