आश्विन १ गते, २०७६

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएको साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए।

सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएको थियो। प्रेस सल्लाहकार निवेषले भने, ‘स्थायी समितिमा राखिएन। एकता अघि बढाउन भनेर केही भन्नु भएन। प्रदेश कमिटी बनाउदा पनि सल्लाह भएन।

हरेक ठाउँमा नेतृत्वबाट असहयोग भयो।’ पार्टी नेतृत्वले चातर्फी घेराबन्दी गरेपछि उहाँले राजिनामा दिनुभएको हो।’ यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: