आश्विन २९ गते, २०७६

प्रदेश ३ को प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्दै

पटक हेरिएको

हेटौंडा । प्रदेश ३ को प्रदेशसभाको बैठक दुई महिनापछि आइतबार बस्ने भएको छ। ५९ दिनपछि आइतबार २ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। बैठकमा विशेष समय लिएर मुख्यमन्त्री, प्रतिपक्ष दलका नेताहरुले बोल्ने सम्भावित कार्यसुुची रहेको सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा तीन वटा विधेयक र दुई वटा प्रतिवेदन पेश हुनेछ। संसदमा ‘सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक’ पेश हुनेछ।

यस्तै, औद्योगिक व्यवसाय ऐनसम्बन्धी विधेयकको प्रतिवेदन र राष्ट्रिय वनसम्बन्धी ऐनको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पनि संसदमा पेश हुने सचिवालयले जनाएको छ। बैठकमा प्रतिपक्ष दलका नेता, अन्य सांसदहरुले राजधानी र नामाकरणको विषय उठाउने तयारी गरेको बताइएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: