मंसिर २ गते, २०७६

अन्तत : टुंगो लागेन प्रदेश-२ को राजधानी

पटक हेरिएको

काठमाडौं । प्रदेश नम्बर २ को नाम र राजधानीका विषयमा ४ वटा फरक फरक प्रस्ताव पेश भएपछि यो विषय टुंगिन अझै समय लाग्ने देखिएको छ । भदौ ५ गते सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुले राजधानीका विषयमा फरक-फरक पेश गरेका कारण अझै राजधानी र नामको विषय टुंगिन समय लाग्ने देखिएको हो ।

प्रस्ताव पेश भएपछि प्रदेशसभा बस्न सकेको छैन् भने अनौपचारिक रुपमा पनि कुनै छलफल सुरु नभएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युष्ट पार्टीले आरोप लगाएको छ ।

विपक्षी दल नेकपाका एकजना सांसद सत्य नारायण मण्डलले प्रस्ताव पेश भएपछि सरकारले कुनै छलफल नै नगरेको बताए । ‘५ गते सबै पार्टीबाट प्रस्ताव पेश भएका छन् । हाउस चल्नुपर्ने हो अहिलेसम्म त्यो हुन सकेको छैन् । यस्तै अवस्था हो भने २, ३ महिना प्रकृया लम्बिन सक्छ,’ उनले भने ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र यादवले भने आन्तरिक सहमति जुटाउने प्रयास भइ रहेकाले प्रदेशसभा बस्न नसकेको बताए ।

३ दलका ४ वटा प्रस्ताव

प्रदेशको राजधानी र नामका विषयमा सरकारले प्रस्ताव पेश गर्न सबै दलहरुर्लाइ आग्रह गरेपछि तीन वटा राजनीतिक दलबाट ४ वटा प्रस्ताव पेश भएका छन् । सत्तारुढ दलहरुबाट एक नेकपाबाट एक र नेपाली कांग्रेसबाट २ गरि ४ वटा प्रस्ताव पेश भएको प्रवक्ता यादवले बताए ।

‘सरकारको तर्फबाट हामीले आधिकारीक प्रस्ताव पेश गरेका छौँ । राजधानी धनुषा र प्रदेशको नाम मधेश प्रदेश सरकारको आधिकारीक धारणा हो’ उनले भने, ‘नपाली कांग्रेसबाट २ वटा प्रस्ताव आएका छन् । कांग्रेसको एक पक्षले मध्य मधेश प्रदेश नामाकरण हुनुपर्ने बताएको छ भने अर्को पक्षले मिथिला भोजपुरा हुनुपर्ने प्रस्ताव पेश गरेको छ । नेकपाले भने जानकी प्रदेश हुनुपर्ने प्रस्ताव पेश गरेको छ ।’

राजधानीमा विवाद छैन

सदनमा पेश भएका प्रस्तावहरुलाई अध्ययन गर्दा राजधानीको विषयमा कुनै विवाद नहुने प्रवक्ता यादवले बताए । ‘राजधानीका विषयमा लगभग सबै दलहरुको धारणा एउटै छ । कुनै विवाद हुँदैन् । सहमति जुट्न सक्छ’ उनले भने, ‘नामको विषयमा सबैले आफ्नो राजनीतिक स्वार्थका लागि नाम प्रस्ताव गरेका छन् । तर मधेश नाममा सहमति खोज्ने प्रयास हुन्छ ।’

नेकपाका सांसद मण्डलले पनि राजधानीका विषयमा धेरै विवाद नरहेपनि प्रदेशको नाममा सहमति जुटाउन गाह्रो भएको बताए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: