'म जिवित छँंदै विश्वलाई नेपाली समाजवादको मोडल दिने छु' : प्रचण्ड - Nepal Talk
श्रावण २९ गते, २०७७

‘म जिवित छँंदै विश्वलाई नेपाली समाजवादको मोडल दिने छु’ : प्रचण्ड

पटक हेरिएको

-भुमिराज अधिकारी

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिवार काठमाडौँमा नेकपा भक्तपुर जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रमको सार्वजनिकिकरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे।

नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा नै रहेको उनको भनाई छ। उनले दलाल पुँजी र नोकर शाही पुँजीवादका अघि आत्मसमर्पण गर्ने वा समाजवादी कित्ता बनाउने भन्ने विषयमा लडाइ जारी रहेको बताए। उनले समाजवादी कित्तामा उभिन अपिल गर्दै नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्ने धारणा राखे ।

कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकास समाजवादको मोडलअनुसार अघि बढ्ने धारणा राखे। उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरूका लागि निकै उपयोगी मानिएको लेखक ढकालले बताए । कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युबादेखि पुँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिएका थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: