भाद्र ३१ गते, २०७६

शक्तिको दुरुपयोग गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही !

पटक हेरिएको

काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा एक पछि अर्को हुँदै क्रमश आएको छ। अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार भएको तथ्य खुलेको थियो। यो सगै पछिल्लो समय फेरि विभिन्न तथ्यहरु पनि सार्वजनिक हुन थालेका छन् । यति खेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही जनता र शहीदहरुको कुर्वानीबाट निर्मित कर्णाली प्रदेशको बागडोर सम्हालि रहेका छन् । नेपालको इतिहास, भाषा, साहित्य र संस्कृतिको उन्ननयनमा आफ्नो जीवन समर्पण गर्ने इतिहासकार, संस्कृतिविद योगी नरहरीनाथको नाममा प्रतिष्ठान गठन गरेका छन्।

जव योगी नरहरीनाथ राजसंस्थाको पक्षमा लडि रहेका थिए, तव राजसंस्थाको अन्त्यका लागि लडि रहेका थिए। त्यो बेला लड्दा लड्दै शहादत प्राप्त गर्ने जनमुक्ति सेना शहिद प्रतिष्ठान बनाउन सक्रिय भएको भए हृदयले हजारचोटी सलाम गर्ने थियो होला् । जनमुक्ति सेनाका योद्धालाई रुवाउँदै घर पठाएर चिहानबाट ब्यूँताएर योगी नरहरीनाथको नाममा प्राविधिक शिक्षाको कारोवारमा जुटि रहेका छन्। अव निस्शुल्क शिक्षाका हिमायती, कर्णालीको मुख्यमन्त्री नै शिक्षाको व्यापारी हुने दिशामा गइ रहेको देख्दा हजार प्रश्नहरु उठि रहेका छन्। सारमा महेन्द्रबहादुर शाही नेतृत्वमा सुन्दर, शान्त र समृद्ध कर्णाली सम्भव नभएको पनि बताउँदै आएका छन्।

जनमुक्ति सेनाको पूर्व कमाण्डर भएको घाम जत्तिकै छर्लंग छ र अहिले कर्णालीको मुख्यमन्त्रीको पदमा आसिन छन्। खाएको, हिँडेको, जीवनशैलीले समाजमा असर त परेकै छ। कर्णालीलाई विश्वकै नमुना प्रदेश बनाउँछु भन्ने कुरा धेरै चोटी बताउदै आएका छन् । यो मन्त्री बनाएर त होइन कर्णाली प्रदेश अभाव, गरिबी, रोग भोकले विश्वको नमुना नै बनेको छ। जनयुद्धबाट आएको कमाण्डर भएर पनि शाही भित्र अहंकारवाद बढ्दै गएको छ। शाही जातिवादले उनलाई अब नेता नबनाउनै प्रश्ट नै भएको छ।

कर्णाली प्रदेशका लागि सुरुको अन्तरिम बजेट, २०७५/०७६ र ०७६/०७७ को बजेट ले यो सावित गरि सक्यो कि कर्णालीका लागि आशा लाग्दो कुनै नयाँ सपना छैन। सांसदहरुको भागमा १० करोडका दरले बाँडेर संसद चलाए पछि अहिलेसम्म कर्णाली प्रदेशको कुनै नयाँ गौरवको आयोजना बन्न सकेको छैन। नीति निर्माणमा पनि पछि परेको छ। तराईको वडा जोड्ने सडक राष्ट्रिय सडकमा सूचिकृत हुँदा कर्णालीका जिल्ला जोड्ने सडकहरु पनि स्थानीय सडकको सूचीमा छन् । मुख्यमन्त्री शाहीले आफ्ना कार्यकर्ताको खल्तीमा जाने गरी अनुदान वितरण गरेको स्रोतको दावी रहेको छ।

सुर्खेतमा त दर्जनौँ टेक्निकल कलेजहरु छन्। त्यहा स्थापना गर्नु कुनै आबश्यकता छैन। त्यो प्रतिष्ठानको पदाधिकारी समाजमा स्वीकार्य सर्वमान्य व्यक्ति हुनुपथ्र्यो, तर त्यो भएन।  त्यो प्रतिष्ठानको पदाधिकारीमा शहीद परिवार, घाईते परिवारका आफन्तहरु हुनु पर्ने थियो। यो बाट के पुष्टी हुन्छ भने शाही जातिवादी नेता हुन् । यसले दिर्घकालिन फाईदा हुन सक्दैन, अवसान नै छिटो हुनेछ।

जातिवादी नेता हुँदा कालीकोट जिल्लाको पार्टी गठनमा पनि यसको असर परेको भनेर अहिले सर्बत्र कुरा फैलि रहेको छ। हुन त सुर्खेतको एक कार्यक्रममा ठकुरी समाज चाहिन्छ भन्दै यस अघि मन्त्री शाहीले भाषण नगरेको पनि होइन। त्यहीबाट आम जनताले कुरा उठाइ रहेकै छन्। अहिले आएर यो पुष्टी हुँदैछ। यदी कोही जातीवादी नेता बन्ने दुश्साहस गर्दैछन् भने त्यसको परिणाम आगामी दिनहरुमा कालिकोटमा देखिने नै छ।

सबै भन्दा शाहीमा देखिएको समस्या भनेको चरम आर्थिक अपारदर्शीता हो। पैसाको पछि लाग्दै गर्दा थाहा छैन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई त्यही पैसाले गिज्याई रहेको छ। मन्त्री शाहीले यति सम्म गर्दैछन् कि श्रीमतिले काठमाडौंमा बसेर कालीकोटको एक विद्यालयमा बर्षको एक पटक पुगेर हाजिर लगाउँदै तलब खाँदा पनि ठिकै हो भनि रहेका छन्। यदि नैतिकता हुँदो हो त यो गलत हो भन्ने साहश मन्त्री शाहीमा हुनु पर्ने हो। तर शक्तिको दुरुपयोग गर्दै एक पछि अर्को बदमासी गरि रहेका छन् ।

यति मात्र होईन ? उनले विशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता समेत पचाए। विशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता ह्वीलचियरमा बस्नु पर्ने बाध्यता भएकाहरुका लागि हो तर उनले पचाएको सार्बजनिक हुँदा समेत थाहा नपाएर हो भन्दै बोली रहेका छन् । अचम्म लाग्छ, न ढाड भाँच्चिएको छ न हात खुट्टाहरु भाँच्चिएका छन्, ह्वीलचियरमा बसेकाहरुको भत्ता यसरी आफैले हसुरी रहँदा पनि उनलाई लाज लागेको छैन । ह्वीलचियरमा बस्नु पर्ने बाध्यता भएको योद्धाहरुको याद आउनु पर्ने होइन र ? यो गंभीर प्रश्न हो। यो नैतिकताको प्रश्न हो। शाहीको श्रीमतीले कालीकोटको एक विद्यालयबाट तलब बुझि रहँदा काठमाडौंको त्रिपुरेश्वर स्थित एक सरकारी राजस्व कार्यालयमा जागीर खाएको कसैले बिर्सिएका छैनन्। एका तिर श्रीमती सरकारी शिक्षिका, अर्कोतर्फ काठमाडौं बसेर एक सरकारी कार्यालयको जागिरे। यस्तो भाग्य लिएर को नै पो जन्मन्छ र यहाँ भन्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाही माथि प्रश्न कर्णालीका आम जनताहरुले उठाँउन थालेका छन्।

यहि वर्षको बजेट भाषणमा प्रदेशको मेगाप्रोजेक्टका लागि भनेर करोडौंको बजेट नै आफ्नो मातहातमा राखेका छन् । जनताहरुलाई के शंका लाग्न थालेको छ भने कतै मेगाप्रोजेक्ट भनेको नरहरीनाथको नामको प्रतिष्ठान खोलेर कर्णाली प्रदेशलाई शिक्षाको नयाँ व्यापारिक मार्ग निर्माण गर्ने त होइन ? नत्र भने त्यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, जसलाई समृद्ध पार्न खासै योजना बनाएको देखिदैन। बरु जुम्लामा भएको प्रतिष्ठानको शाख गिराउने खेलमा प्रदेश अस्पतालको नारा भट्टयाई रहेकै छन् । मध्यपश्चिम विश्वविद्यालयको उल्लेखनीयता कतै देखिदैन। प्रदेश नम्वर दुईले प्रदेश आन्दोलनका हरेक शहीद परिवारलाई रोजगारी र सम्मान दिइ रहेको छ तर कर्णाली प्रदेशले आफ्नो आन्दोलनका शहीदका परिवारहरुलाई खादा ओढाउने बाहेक केही गरेको छैन। शहीद प्रतिष्ठानमा होइन दुर्घटना प्रतिष्ठानहरु, नावालक प्रतिष्ठानहरुलाई पैसा बाँडि रहेको देखिन्छ। यी सवै तथ्यहरुबाट हेर्दा कर्णाली प्रदेश उल्टो दिशामा नमूना हुने हो कि भन्ने जनतालाई लाग्न थालेको छ।

अहिले त महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्री छन्। तर विगतमा उर्जा मन्त्रालय समालेका थिए, उनका स्वकीय सचिवहरुले त्यो समय काम गर्नका लागि लिएको ल्यापटप मन्त्रालयलाई फिर्ता गरि सकेका छन्। त्यो समय महेन्द्र बहादुर शाहीले पुल्चोकस्थित मन्त्री निवासबाट लिएका ट्रक भरिका सामानहरु फिर्ता नगरी आफैसँग राखेको स्रोतले बताएको छ। शरीर भरि गोली बोकेका योद्धा विरेन्द्र चौलागाई (विनोद) हरुलाई अपमान गर्दा आनन्द आउँदो रहेछ भन्ने कुरा पनि प्रश्ट हुन थालेको छ।

सुर्खेत जेलव्रेकका सहयोद्धा, अग्रज, अभिभावक डोल्पाका लोकबहादुर चलाउने बबरस्टारलाई एकरात बास पनि नदिई लखेटेको सबै सामु छर्लङ्गै नै छ । विगत सम्झने हो भने उनले जीवनको उर्जाशील उमेर अरुको घरमा बास बसेर विताएकै हो , तर आज उनी अहिले कसैलाई बास बस्न समेत नदिएको तथ्य बाहिर आउन थालेको छ। आज त्यही मान्छेलाई परिस्थितिले एउटा हैसियतमा पुर्याएको छ, तर अरुको  सम्मान मुख्यमन्त्री शाहीले गर्न नजान्ने हो भने त्यसको जवाफ समयले अवश्य दिने नै छ। यसरी विभिन्न घटनाहरुलाई हेर्दा खेरी सरकार निकायले पनि सोच्नु पर्ने बेला आएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: