भाद्र ३१ गते, २०७६

‘सरकारले जनतामा भ्रम छर्ने काम गरेको छ’ : कांग्रस नेता जितेन्द्र देव

पटक हेरिएको

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरे।

भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आ-आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठुला-ठुला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुन दाबी गरे। उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए। उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको दाबी उनको छ।

क्रममा केरुङ्ग –काठमाण्डौ रेलवे संभाव्यता अध्ययन गर्नका लागि नेपालबाट भएको प्रस्ताव,बिआर आई प्राजेक्टर र मदनभण्डारी विश्वविद्यालयको बारेमा चिनिया तर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको भन्दै उनले गम्भीर असन्तुष्ठी जनाए। उनले नेपाली जनतालाई अनावश्यक रुपमा भ्रम फैलाउने गरि मिडियाबाजी गर्ने काम नगर्न पनि सचेत गराए। उनले भने “हामीले कहीँ नेपाली जनतालाई अनावश्यक किसिमले आईहाल्यो ठुल्ठुलो, एकदम त्यो चुच्चो चिनिया चि को फोटो लगाएर जसरी मिडियाबाजी गरिराख्या छौ।

अनावश्यक रुपमा जनतालाई अब आयो, तब आयो, भोली आयो, पर्सिनै आईहाल्यो रेल उत्तरतिरबाट भनेर जसरी भन्न खोजीरहेका छौ। त्यसरी गर्दिन भएन। जे हो अवस्था वास्तविक अवस्था आईदिनुपर्यो।” उनले ३५ करोड ६० लाखमा मनाङ्गमा एउटा अस्पताल बन्ने, आपतकालिन बसोबासका लागि ५ हजार टेण्टहरु उपलब्ध भएको र नेपालका सरकारी स्कुलमा भाषा पढाउनका लागि चिनियाँ मास्टर आउने बाहेक कुनै पनि उपलब्धि हासिल गर्न नसकिएको टिप्पणी गरे।

Loading...

प्रतिकृया लेख्नुहोस्: