भाद्र ३१ गते, २०७६

किन अमेरिकालाई चिढ्याउँदैछन् प्रचण्ड ?

पटक हेरिएको

काठमाडौ । 

घटना १ गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे। गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे।

घटना २
साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौँमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए।

घटना ३
तीन दिने नेपाल भ्रमणमा आएका चिनिँया विदेशमन्त्री वाङ यीसँग मंगलबार भएको भेटमा दाहालले अमेरिकाको महत्वाकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्विकृत गर्ने प्रतिबद्धता जनाएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा बसन्त खड्काले लेखेका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: