भाद्र ३१ गते, २०७६

सी को नेपाल भ्रमण सुनिश्चित

पटक हेरिएको

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको बताएका छन्।

बालुवाटारमा बुधबार आयोजित केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको ‘ब्रिफिङ’ गरेका थिए।

‘विदेशमन्त्री वाङ यीको भ्रमणले राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको अध्यक्षले ब्रिफिङ गर्नुभएको छ,’ एक सचिवालय सदस्यले भने, ‘विदेशमन्त्री वाङको भ्रमणमा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको र त्यसअनुसार तयारी अघि बढाउँछौँ भन्ने जानकारी गराइयो।

चिनियाँ विदेशमन्त्रीले हाम्रो निमन्त्रणा तथा अपेक्षालाई गम्भीरतापूर्वक लिनुभएको, उहाँले राष्ट्रपति सी पनि नेपाल भ्रमणका लागि सकारात्मक रहेको जानकारी दिनु भएको र त्यसै अनुसार अब दुवैतर्फबाट सम्पर्कमा रहेर गृहकार्य गर्ने समझदारी भएको अध्यक्षले जानकारी गराउनु भयो।’

यो समाचार आजको नयाँपत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: