भाद्र ३१ गते, २०७६

‘सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको छ’ : सभापति देउवा

पटक हेरिएको

धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्नेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। कांग्रेस धरान उपमहानगर कमिटीको नगरसभा उद्घाटनमा सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन्। उनले जनता सर्वशक्तिमान भएको धारणा राख्दै जनताको मन जित्नेगरी काम गर्न आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिए। यसको लागि जनताको घर घरमा पुग्नुपर्ने उपाय पनि उनले सुझाए।

धरानमा आगामी मंसिर १४ गते नगर प्रमुख र वडा नं ७ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन जित्नका लागि नै कांग्रेसले जनताको मन जित्नुपर्ने सभापति देउवाको भनाइ थियो। ‘जनता सर्वशक्तिमान हो, त्यसैले जनताको मन जित्नुस्, काम गर्नुस्,’ देउवाले भने, ‘घर घरमा पुग्नुस्। एक पटक होइन, २ पटक, ३ पटकसम्म पुग्नुस्, भेट्नुस तब मात्र जनताको मन जितिन्छ, र चुनाव जित्छौं।’

वर्तमान सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको भन्दै देउवाले त्यस विरुद्ध कांग्रेसले डटेर सामना गर्ने बताए। नेपाली जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार माथि नै वर्तमान सरकारले प्रहार गरिरहेको र कांग्रेस हेरेर बस्न नसक्ने देउवाको भनाइ थियो। ‘जनताको प्रजातान्त्रिक अधिकार खोस्ने प्रयास भइरहेको छ।

एक दलीय सर्वसत्तावाद शासन ल्याइन खोजिँदैछ,’ देउवाले भने, ‘मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयक ल्याएर यो सरकारले लेख्न, बोल्न नदिने व्यवस्था ल्याउन लागेको छ, यो प्रजातन्त्रमाथिकै प्रहार हो।’ उनले प्रजातन्त्रको मूल्य, मान्यता र आधारमाथि कांग्रेसले कुनै पनि सम्झौता नगर्ने पनि बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: