भाद्र ३१ गते, २०७६

नागरिकता विधेयकमा भाषा मिलाउन जनार्दन शर्माको सुझाव

पटक हेरिएको

काठमाडौँ । नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयमा भाषा मिलाउन सुझाव दिएका छन् । संसदीय समितिका सदस्यहरुबीच नागरिकता विधेयकबारे फरकफरक धारणा आएपछि समितिबाट अघि बढ्न सकेको छैन ।

यो विधेयकमा नेपालीसँग विवाह गरेर आएका महिलालाई कति समयपछि मात्रै नागरिकता दिने भन्नेमा सांसदहरुबीच विवाद छ। सोही विधेयकबारे समितमा बिहीबार भएको छलफलका क्रममा पूर्व गृहमन्त्री समेत रहेका शर्माले बैबाहिक जीवनमा व्यवहारिक संकट नआउने गरी समाधान गर्नु पर्ने बताए ।

‘कुन देशमा के छ भन्ने भन्दा पनि हामी यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रीत हुनुपर्छ । अरु देशका उदाहरण लिनु एउटा कुरा हो तर त्यही देशको जस्तो हुनुपर्छ भन्ने छैन’ शर्माको भनाई छ।

उनले पूर्व पश्चिम या उत्तर दक्षिण जुनसुकै सीमानामा बसे पनि हामी सवै नेपाली भएको र कस्तो कानुुन बनाउने भन्ने पनि हाम्रो आफ्नै जिम्मेवारीभत्र पर्ने बताए । उनले हाम्रो आर्थिक अवस्था, जनसंख्या र छिमेकी देशहरुको सम्बन्धलाई समेत ख्याल गर्दै नेपालको हित र रक्षालाई प्राथमिकतामा राख्दै कानुन निर्माण गर्न सक्नु पर्ने बताए।

‘भावनात्मक र व्यवहारिक रुपमा मात्रै यो विषयमा निर्णय गर्ने होइन यसलाई रणनैतिक रुपमा पनि हेर्नुपर्छ । त्यसैले विधेयकमा सरकारले भाषा मिलाएर ल्याउनुपर्ने देखिन्छ’ शर्माको सुझाव छ । उनले कानुन बनाउँदा छिमेकीहरुसँगको सम्बन्धका बारेमा पनि ख्याल गर्नुपर्ने बताए । ‘छिमेकीहरुको सम्बन्ध तोड्ने होइन, त्यसलाई जोगाउदै अघि बढ्नुपर्छ’ शर्माको जोड छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: