भाद्र ३१ गते, २०७६

‘डेंगुको प्रकोपमा परेका बिरामीलाई सरकारले निशुल्क उपचार गर्नुपर्छ’ : रन्जित तामाङ

पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले डेंगुको प्रकोपमा परेका बिरामीलाई सरकारले निशुल्क उपचार गर्नु पर्ने बताएका छन्।

नेपालटकसँगको संक्षिप्त कुराकानिमा तामाङले भने- ‘डेंगुका कारण देश भरी नै जनताहरु त्रासित भएका छन् कतिपयको त मृत्यु नै भइ सकेको छ, त्यसैले महामारिको रुप लिन नपाउदै सरकारले नियन्त्रण गर्ने योजना बनाउनु पर्छ। सरकार यस विषयमा जिम्मेवार हुनुपर्छ।’

देश भरि नै डेंगुबाट प्रभावितहरुको उपचार, प्रभावित स्थानमा नियन्त्रणका लागि चाडो विज्ञ टोली परिचालन गरि अन्य सम्भावित स्थानमा सतर्कता अपनाउन जनचेतना मुलक कार्यक्रम गरिनु पर्ने तामाङको भनाई थियो।

हाल सम्म डेंगुबाट मुलुक भर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: