भाद्र ३१ गते, २०७६

‘अब युवाले आन्दोलन गर्दैन, टायर बाल्दैन’ : दिपशिखा

पटक हेरिएको

काठमाडौँ। राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अबको समय युवाहरुले देशको विकास र समृद्धिका लागि गैटी र साबेल बोक्ने बताएका छन्। शुक्रबार पेरिसडाँडामा आयोजित राष्ट्रिय युवा संघको पदभार ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दिपशिखाले हिजोको जस्तो टायर बाल्ने आन्दोलनमा नलागि देश समृद्धि गर्ने आन्दोलनमा युवाहरु जुट्ने बताएका हुन्।

उनले देशलाई रोजगारी, सम्बृद्धि र विकास चाहिएको भन्दै अबका युवाले त्यस्तो व्यवस्था ल्याएरै छाड्ने उद्घोष गरे। संयोजक दिपशिखाले केहि वर्षभित्र नै राष्ट्रिय युवा संघले विदेशबाट रोजगारीका लागि गएका युवाहरु स्वेदश फिर्ता गर्नेसमेत दाबी गरे।

‘यो देशलाई चाहिएको समृद्धि हो, यो देशलाई चाहिएको विकास हो, यो देशलाई चाहिएको रोजगारी हो, विदेशबाट रोजगारीमा गएका युवाहरु फर्कारहेको युवा संघलाई केहि वर्ष भित्र तपाईंहरुले भेट्नु हुनेछ।’ संयोजक दिपशिखाले भने, ‘पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री क. केपि शर्मा ओलीले भने जस्तै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने दिशामा युवाहरु अगाडि बढ्ने छन्, अब युवाहरुले टायर बाल्नेछैनन्, अब युवाहरुले जुलुस निकाल्दैनन्।’ संयोजक दिपशिखाले अबको युवाहरु समृद्धि र देशको विकासका लागि स्वरोजगार हुने दिशामा अगाडि बढ्ने बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: