आश्विन २९ गते, २०७६

झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरी छापा

पटक हेरिएको

काठमार्डौ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ। बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेज सँगै हतियार पनि बरामद गरिएको हो।

सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन्। पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ।

विप्लव समूहका झापा अध्यक्ष सुमन सिंहको भने जिल्ला खासै गतिविधि देखिएको छैन। ‘जति पनि ध्वंसात्मक गतिविधि भए ती सबै जनसरकार प्रमुख र सेक्रेटरीले नै गरेको देखिन्छ’, स्रोत भन्छ। जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार, उनीहरुबाट बरामद कागज पत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको छ।

‘हामीले चाँडै नियन्त्रणमा लिनसक्दा थप क्षति हुनबाट रोकिएको छ’, स्रोतले भन्यो, ‘वैठकको निर्णय र बरामद अन्य दस्तावेजको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ।

प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ। उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ। प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बतायो।

Loading...

प्रतिकृया लेख्नुहोस्: