आश्विन २९ गते, २०७६

बालुवाटारमा नेकपाका चार नेताको बैठक जारी

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरूको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्।

बैठकमा उनीहरूबीच पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको छ। पोहोर साल जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ।

चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ। चार नेताको बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ।

चार जना नेताहरूले यसअघि सोमबार पनि बालुवाटारमा बैठक गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक सिंगापुरमा उपचार गरेर फर्किएपछि भदौ २५ गते नेकपा सचिवालय बैठक बसेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: