आश्विन २९ गते, २०७६

‘नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

पटक हेरिएको

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन्। उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे। पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ।

नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो। त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ।’ नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए।

नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ। कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: