आश्विन २९ गते, २०७६

नेतृत्व गर्ने मन्त्री, सहभागी उपप्रधानमन्त्री

पटक हेरिएको

काठमाडौं । उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् ।

सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन्। महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्री भन्दा माथि हुन्छन् ।

मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो ।

राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभा अन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् ।

दुई वर्ष अघि ७२ औं महासभामा पुगेका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रात्रिभोजमा जाँदा ढोकाबाट फर्कनुपरेको थियो ।

त्यति बेला टोली नेतृत्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनी त्यस भन्दा पछि जाँदै थिए । त्यही भएर महरा भित्र छिर्न पाएका थिएनन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: