आश्विन २९ गते, २०७६

‘असोज तीन, कालो दिन’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

पटक हेरिएको

काठमाडौं। संविधानको विरोधमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरुले असोज तीन, कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका छन्।

विरोध र्‍यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए। संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन्। विरोध प्रदर्शनमा राजनैतिक विश्लेषक हष्त बहादुर केसी लगाएतका अन्य बुद्धिजिविहरु पनि उपस्थित थियो।

तीन जना पक्राउ
संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले बसन्तपुरबाट तीन जनालाई पक्राउ गरेको छ। संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

 

 

Loading...

प्रतिकृया लेख्नुहोस्: