मंसिर २० गते, २०७६

कांग्रेस नेता पौडेल प्रदेश–५ भ्रमणमा

पटक हेरिएको

भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको जारी दोस्रो चराणको राष्ट्रिय जागरण अभियानअन्तर्गत प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको भ्रमण सुरु गरेका छन्। दोस्रो चरणको जागरण अभियानअन्तर्गत प्रदेश नम्बर ५ का कार्यक्रममा सहभागी हुन नेता पौडेल भैरहवा पुगेका छन्।

पौडेललाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्य लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए। नेता पौडेल ५ नम्बर प्रदेशका रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ र बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने उनका सहयोगी चिरिञ्जीवी अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार नेता पौडेलको विभिन्न कार्यक्रममा सहभागी भएर असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ। उनले आइतबार कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको जागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्ने बताइएको छ।

सोमबार प्युठानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरेर नेता पौडेल मंगलबार रोल्पा पुग्ने कार्यक्रम रहेको अधिकारीले बताए। उनी असोज ९ गते दाङका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी भएर असोज १० गते नेपालगञ्ज भएर काठमाडौं फर्कने छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: