मंसिर २० गते, २०७६

‘भूत प्रेतहरुलाई कसरी मन्सिनुपर्छ हामीलाई थाहा छ’ : अध्यक्ष प्रचण्ड (भिडियो सहित)

पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोका भूतप्रेतले टाउको उठाउने बल नगर्न चेतावनी दिएका छन्। नेकपा सम्पर्क समन्वय कमिटिद्वारा शुक्रबार आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले ठूला भूतप्रेत मन्साएको पार्टीलाई सानातिनाले फरक नपर्ने बताए।

‘भूत प्रेतहरुलाई कसरी मन्सिनुपर्छ हामीलाई थाहा छ’, अध्यक्ष दाहालले भने, ‘पार्टी एक भइ सकेको छ, अब हाम्रो विशाल शक्ति एकसाथ मैदानमा उत्रिँदा भूतप्रेतहरुको हालत के होलारु हामीले हिजो निकै बलियो भनिएका भूतप्रेतलाई पुरेर यहाँसम्म आएका हौँ।’ पार्टी एकता टुंगिएकाले अब जनता र कार्यकर्तासँग एउटै मन र विचार बनाएर अघि बढ्ने बाचा पनि अध्यक्ष दाहालले गरेका छन्।

‘१० लाख पार्टी कार्यकर्ता भएको पार्टी, ५० लाख भन्दा बढी जनवर्गीय संगठनका सदस्य भएको पार्टी हो नेकपा’, उनले भने, ‘अब यो सबै शक्ति लिएर पार्टी जनताको घर घरमा पुग्छ। यो शक्ति एकै साथ जनताको घरघरमा पुग्दा प्रतिक्रियावादीको मुटु हल्लिन्छ।’

कसैले होहल्ला गर्दैमा यो पार्टी चुप लागेर बस्छ भन्‍ने सोच्नु गलत हुने उनले बताए। ‘हामी आफ्नो बाटोमा हिँडि रहेका छौँ’, उनले भने, ‘पार्टी चुप लागेर बस्दैमा कमजोरी नसोच्नु। अर्को दसैँ तिहारमा हाम्रो पार्टी कुन ठाउँमा पुग्छरु प्रतिक्रियावादीहरुले पर्खिए हुन्छ।’ अध्यक्ष दाहालले अबका कयौँ वर्ष नेकपाले नै चुनाव जितने बताए। ‘

अबका कयौँ ५ वर्ष जनताको लोकप्रिय मत सहित जित्छौँ’, उनले भने, ‘हामी सानो हुँदा त कसैले चलाउन सकेन अब त हामी विशाल भएका छौँ।’ अध्यक्षले दाहालले अब नेकपाले हार्छ भन्नु कमजोरी हुने उल्लेख गरे। ‘हामी हार्छौँ भन्नु त्यो भन्दा कमजोरी केही हुँदैन’, उनले भने, ‘हामीले बाहेक अरुले जितेर यो देशको भलो हुनेवाला छैन।’

Loading...

प्रतिकृया लेख्नुहोस्: