आश्विन २९ गते, २०७६

सी भ्रमणका एजेण्डाबारे पूर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओली

पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर सुझावका लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजदूतसहित विज्ञहरुको बैठक डाकेका छन्। बिहीबार बिहान नौ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको हो।

पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्दलगायतलाई बैठकमा बोलाइएको छ। चीनका लागि पूर्वराजदूतहरुमा महेश मास्के र टंक कार्कीलाई पनि सो छलफलमा डाकिएको छ। पूर्व राजदूत राजेश्वर आर्चाय भने विदेशमा भएकोले सहभागी नहुने कार्कीले जानकारी दिए।

पूर्व विदेशमन्त्रीहरुमा को को सहभागी हुने छन् भन्ने खुलाइएको छैन।

Loading...

प्रतिकृया लेख्नुहोस्: