मंसिर ४ गते, २०७६

नेता डीपी ढकाललाई जिताउन भक्तपुरमा नेकपा एकमत

पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेसँगै विभिन्न संञ्चार माध्यममा भक्तपुर नेकपामा डीपी ढकालको उम्मेदवारि विरुद्ध विभिन्न खालका भाम्रक समाचारहरु प्रकाशित भए सँगै आज पार्टि कार्यलयको ताला खोली नेता डीपी ढकाललाई जिताउन भक्तपुरमा नेकपा एकमत भएको छ।

नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा सदस्यको उम्मेदवारमा ढकाललाई चयन गरेको थियोे। नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेता पनि आज पार्टिको केन्द्रको निर्देशन अनुसार भक्तपुरका नेकपाका नेताहरु एकमत भएको उम्मेदवार डीपी डकालले नेपाल टकलाई जानकारी दिएका छन्, “हिजो सम्म केहि अन्य नेताहरु पनि आंकाक्षि भएका कारण विवाद जस्तो देखिएता पनि आज सवै कुरा मिलिसक्यो र सबैलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु”।

गत आइतवार मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले भक्तपुरको प्रदेश सभा सदस्य पदका लागि ढकाललाई उम्मेदवारमा सर्वसम्मत चयन गरेको थियो। भक्तपुर जिल्ला कमिटीले प्रस्ताव गरेको ३ नाममा एक महिला थपेर प्रदेश ३ को पार्टी पदाधिकारी बैठकले शुक्रवार ४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो। प्रस्तावित नाम मध्ये ढकाल सिनियर भएको र राजनीतिक रुपमा परिपक्वसमेत भएको ठहर गर्दै सचिवालय बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको भक्तपुरका प्रभावशालि नेता देवेन्द्र श्रेष्ठले जानकारि दिएका छन्।

गत निर्वाचनमा सोही निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यमा यस अघिको निर्वाचनमा समेत उनी नेकपा (माओबादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका थिए। तर, उनले उम्मेद्वारी दर्ता गराएपछि तत्कालिन नेकपा (एमाले)का पार्टी सचिव हरिशरण लामिछानेले पनि उम्मेद्वारी दर्ता गराउँदा माओवादी केन्द्रको निर्देशनमा ढकालले लामिछानेलाई खुलेर सहयोग गरेका थिए।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवार बनेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर चुनाव जितेका थिए। निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस जीवन खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए।

भक्तपुर– १ (क)मा नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०को पनि राम्रो प्रभाव छ। नेमकिपाका उमेदवार नीरज लवजुले ७ हजार ०१९ मत प्राप्त गरेका थिए। निर्वाचनमा प्रतिस्पर्धामा दस उमेदवार थिए। तर तीनजनाबाहेक अरूले तीन अङ्क कटाउन सकेनन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: