भारत विरुद्ध खनियो अनेरास्ववियू , भारतीय दूतावासमा भोलि धर्ना दिने - Nepal Talk
जेष्ठ १५ गते, २०७७

भारत विरुद्ध खनियो अनेरास्ववियू , भारतीय दूतावासमा भोलि धर्ना दिने

पटक हेरिएको

काठमाडौं । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि भारतको चौतर्फी विरोध हुँदै आएको छ। यसैबीच भारतले नेपालको भूमि मिचेको विरोधमा अनेरास्ववियूले भोलि (शुक्रबार) भारतीय दूतावासमा धर्ना दिने भएको छ।

अनेरास्ववियूको केन्द्रीय कार्यालयमा बिहीबार साँझ बसेको पदाधिकारी बैठकले दोस्रो चरणको आन्दोलन स्वरुप उक्त निर्णय गरेको हो।

यस्तै, कार्तिक २४ गते परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २५ गते संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने अनेरास्ववियूले जनाएको छ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएपछि नेपाली भूमि नक्साबाट हटाउन माग गर्दै हिजो अनेरास्ववियूले काठमाडौंमा विरोध प्रदर्शन गरेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: