मंसिर ४ गते, २०७६

भक्तपुरका जनतामाझ सजिएका डिपी ढकाल

पटक हेरिएको

काठमाडौ । मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘क’ मा हुने उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा सदस्यका लागि  भक्तपुर १ ‘क’ मा हुने उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवीप्रसाद ढकाल (डीपी) ले  उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो।

यस्तै नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ। भक्तपुर प्रभाव क्षेत्र भएको नेपाल मजदुर किसान पार्टीले निरज लवजुलाई उम्मेदवार बनाएको छ। उनले पनि निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

भक्तपुरको चोक गल्ली सडकमा मात्र सजिएका होईनन् डिपी ढकाल ! भक्तपुरमा बसोबास गर्ने आम जनताको माझ सजिएका छन् । अन्तत : देश भरी नै चर्चा कमाउन सफल भएका छन्। त्यसैले त उनीप्रती धेरैले आषा र अपेक्षा समेत गरेका छन्।

को हुन् डिपी ढकाल ?

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन्। उनी पूर्वमाओवादी पृष्ठ भूमिका हुन् । २०३८ सालमा काभ्रेको देउपुरमा जन्मिएका नेता ढकाल नयाँ पुस्ताका उदीयमान बौद्धिक नेता हुन् । उनी भक्तपुरमा क्याम्पस पढ्दापढ्दै अखिल क्रान्तिकारीका नेता भएका थिए। जीवनको महत्त्वपूर्ण युवा अवस्था जनयुद्धमा सुम्पिएका ढकालले जेलजीवन समेत बिताएका छन्। ढकाल नेकपा भित्र सामान्य जीवन शैलीका युवा नेताका रूपमा चिनिन्छन् । उनले ‘नेपाली क्रान्ति’, ‘कम्युनिस्ट आन्दोलनको बहस’, ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ लगायत पुस्तक तथा समसामयीक विषयमा स्तम्भ लेख्ने गरेका छन्।

यो पनि

आखिर के हो राजनितिमा पुँजीवाद र साम्राज्यवाद : डिपी ढकाल

विकासका खास-खास चरणमा पुँजीवाद र पुँजीका खास-खास विशेषताहरु रहेका छन् । वित्तीय पुँजीवादको उच्चतम रुप साम्राज्यवादमा पुँजीको चरित्र कस्तो हुन्छ ?

सन् १८६० पछाडिदेखि औद्योगिक पुँजीको ठाउँमा वित्तीय पुँजीको हस्तक्षेप बढ्न थाल्यो। औद्योगिक पुँजीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँदै जान थाल्यो। प्रतिस्पर्धाको ठाउँमा एकाधिकार, कार्टेलिङ र गुटबन्दी सिर्जना हुन थाल्यो। औद्योगिक पुँजीवादमा यी चरित्रहरु देखा परेका थिएनन्। सन् १९०० को वरिपरिदेखि बैंक तथा वित्तीय पुँजीले औद्योगिक पुँजीमाथि नियन्त्रणकारी हस्तक्षेप सुरु गर्न थाल्यो। पुँजीको केन्द्रीकरण र कार्टेलिङका कारण सानो पुँजी लगानी भएका औद्योगिक क्षेत्रहरु बन्द हुन थाले। कि कार्टेलिङ र गुटबन्दीमा सामेल हुनु पर्‍यो नत्र बन्द हुनु पर्‍यो भन्ने बाध्यकारी अवस्था सिर्जना भयो। पुँजीको विस्तारवादी चरित्र अधिक रुपमा बढेर गयो।

ठीक यही स्थितिलाई ए.जे. हन्सनले ‘इम्पेरियलिज्म’ (साम्राज्यवाद) नामकरण गरे। साम्राज्यवाद शब्दलाई रोजा लक्जेम्बर्ग, बुखारिन लगायतले वामपन्थी राजनीतिमा प्रयोगमा ल्याए। भ्लादिमिर लेनिनले साम्राज्यवादलाई पुँजीवादको चरम अवस्था भनेर पुस्तक नै लेखेपछि वामपन्थी र दक्षिणपन्थी दुवै कित्ताको अर्थराजनीतिका क्षेत्रमा यो प्रचलित पदावली बन्न पुग्यो। पछिल्लो झन्डै १५० वर्षको अवधिमा भएको विकासलाई साम्राज्यवाद पदावलीले नै प्रतिनिधित्व गर्दछ। यो अवधिमा पुँजीको चरित्रमा आएको बदलावको अझैसम्म पनि सही विश्लेषण हुन सकि रहेको छैन।

साम्राज्यवादी कालखण्डमा पनि पुँजीको मूल चरित्र लगानी गर्नु अनि नाफा कमाउनु नै हो। तर, यो मूल चरित्र यथावत रहँदा–रहँदै पनि पुँजीवादले केही नवीनतम विकास गरेको छ। सर्वप्रथमतः यो अवधिमा औद्योगिक पुँजी र वित्तीय पुँजीका अलावा एउटा अर्को नयाँ पुँजीको विकास भयो, जसलाई ‘नोकरशाही पुँजी’ भनिन्छ। नोकरशाही पुँजी त्यस्तो पुँजी हो, जो पुँजीको लगानी नै नगरीकन आर्जन गरिन्छ।

राज्यसत्ताको पहुँचमा पुगेकाहरुले सत्ताको राजनीतिक–प्रशासनिक हैसियतलाई असीमित सम्पत्ति (पुँजी) सङ्कलन गर्ने अवसरका रुपमा दुरुपयोग गरेर पुँजी आर्जन गर्ने र त्यही पुँजीलाई तुलनात्मक लाभका क्षेत्रहरुमा पुनः लगानी गरेर पुँजी बढाउने प्रवृत्तिको जन्म र विकास भयो।

यसरी कुनै देशको राजनीतिक र प्रशासनिक जगमा जन्मिएको पुँजी स्वभावतः नोकरशाही प्रवृत्तिको हुने भएकाले यसलाई ‘नोकरशाही पुँजी’ भनिएको हो। राजकीयसत्ताको दुरुपयोगमार्फत अप्राकृतिक रुपमा जन्मिएको यस्तो नोकरशाही पुँजी फेरि पनि राजकीयसत्ताकै दुरुपयोग गरेर वित्तीय पुँजी एवम् औद्यागिक पुँजीका रुपमा बदलिन्छ।

नोकरशाही पुँजीको जन्म नै अनैतिक धरातलमा हुने भएकाले यसमा वित्तीय पुँजीमा भन्दा पनि अत्यधिक नाफाखोर प्रवृत्ति हुने गर्दछ। आफ्नो उत्पत्तिको अनैतिक धरातलले गर्दा यो पुँजी छुट्टै र स्वतन्त्र अस्तित्वमा रहँदैनस यसले कि त औद्यागिक पुँजीसँग नत्र वित्तीय पुँजीसँग टाँसिएर आफ्नो स्वतन्त्र अस्तित्वलाई लुकाएरै राख्दछ।

यसरी बदलिएको पुँजीलाई ‘राजकीय नोकरशाही पुँजी’ भन्नु उपयुक्त हुन्छ। यस्तो पुँजीलाई देश भित्रका तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न सब भन्दा सजिलो हुने गर्दछ। अर्कोतर्फ, राजनीतिक संरक्षण प्राप्त हुने भएकाले यस्तो पुँजीको पुँजीगत मूल्य यस्तो वास्तविक मूल्य भन्दा निकै बढी समेत हुने गर्दछ। चरित्रका हिसाबले सबै भन्दा छिटो, सबै भन्दा सरल र सबै हथकण्डा अपनाएर नाफा कमाउनु यस्तो पुँजीको मुख्य चरित्र एवम् ध्येय हुने गर्दछ। सबै भन्दा बढी क्रुरता र सबै भन्दा बढी अनैतिकता यस्तो पुँजीको मुख्य विशेषता हुने गर्दछ।

राजकीय नोकरशाही पुँजीको जन्म नै अनैतिक धरातलमा हुने भएकाले यसमा वित्तीय पुँजीमा भन्दा पनि अत्यधिक नाफाखोर प्रवृत्ति हुने गर्दछ। आफ्नो उत्पत्तिको अनैतिक धरातलले गर्दा यो पुँजी छुट्टै र स्वतन्त्र अस्तित्वमा रहँदैनस यसले कि त औद्यागिक पुँजीसँग नत्र वित्तीय पुँजीसँग टाँसिएर आफ्नो स्वतन्त्र अस्तित्वलाई लुकाएरै राख्दछ। यसले जब तुलनात्मक लाभका सीमापार क्षेत्र देख्दछ, त्यस बेला यो प्रत्यक्ष वैदेशिक लगानीका रुपमा बाहिरिन्छ। तुलनात्मक लाभका क्षेत्रको पहिचानमा यस्तो पुँजी औद्यागिक र वित्तीय पुँजी भन्दा अब्बल रहने गर्दछ किनभने यस्तो पुँजीसँग व्यापारिक र राजनीतिक दुवै सम्भावनाहरु नजिकबाट चिन्ने क्षमता विकास भएको हुन्छ।

निर्यात भएर गएको देशमा पनि यसको सम्पर्कको प्राथमिकता नोकरशाही राजकीय पुँजीसँग नै हुन्छ। यदि त्यसो हुन सकेन भने त्यसले त्यो निर्यात भई पुगेको देशमा पनि राजकीय नोकरशाही पुँजीको सङ्केन्द्रणको वातावरण तयार पार्न सहयोग पुर्‍याउँदछ। आज तेस्रो विश्वका मुलुकहरुमा राष्ट्रिय पुँजीको विकासमा राजकीय नोकरशाही पुँजीले निकै ठूलो अवरोध सिर्जना गरि रहेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: