मंसिर ४ गते, २०७६

नेकपा सुर्खेतले स्थानीय तहको एकता टुङो लगायो

पटक हेरिएको

खगेन्द्र हमाल, कर्णाली प्रदेश सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतालाई अन्तिम मध्यनजर गर्दै सुर्खेत जिल्लाका स्थानीय तहहरुमा पार्टी एकता टुङ्गो लगाएको छ।नौं वटा स्थानिय तह रहेको सुर्खेत जिल्लामा पूर्व एमालेको भागमा ५ स्थानीय तह र पूर्व माओवादीको भागमा चार स्थानिय तह भाग परेको छ।

पूर्व एमालेको भागमा

पञ्चपुरी नगरपालिका
गुर्भाकोट नगरपालिका
लेकबेसी नगरपालिका
सिम्ता गाँउपालिका

बराहताल गाँउपालिका गरी ३ नगरपालिका र २ गाँउपालिका भाग परेको छ।

यस्तै पूर्व माओवादीको भागमा

१,वीरेन्द्रनगर नगरपालिका
२,भेरीगंगा नगरपालिका
३,चौकुने गाँउपालिका
४,चिङगाड गाँउपालिका

नेकपाको सुर्खेत जिल्लाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। जिल्ला कमिटी बैठकमा प्रस्ताव लिनको लागि सचिवालयले निर्णय गरेको सुर्खेत जिल्लाका नेता अमृत बिसिले जानकारी दिनुभयो।

१,वीरेन्द्रनगर नगरपालिका
अध्यक्षमा/ गंगराम तिमिल्सेना
सचिवमा/ गणेश वली

२,भेरीगंगा नगरपालिकामा
अध्यक्षमा/ नरेन्द्र कार्की
सचिवमा/ टिकाराम सुवेदी

३,गुर्भाकोट नगरपालिकामा
अध्यक्ष- रदेव बहादुर खत्री
सचीव – रमोती विक

४,पञ्चपुरी नगरपालिकामा
अध्यक्ष – मन बहादुर विक
सचीव – केश बहादुर शाही

५,लेकबेसी नगरपालिकामा
अध्यक्ष – टिकारम सोमई
सचीवर- मदन गाहा

६,सिम्ता गाँउपालिकामा
अध्यक्ष- कविन्द्र केसी
सचिव – झुप बहादुर बुढा आश्निल

७, बराहताल गाँउपालिकामा
अध्यक्ष – ओम बहादुर महतरा
सचिवमा – बल बहादुर कठायत

८,चौकुने गाँउपालिकामा
अध्यक्ष- गंगराम विक
सचीव- हरी अधिकारी

९,चिङगाड गाँउपालिकामा
अध्यक्ष- सम्मर बिक
सचीव- हर्क बहादुर राना

कर्णाली प्रदेशका सबै जिल्लाहरुमा स्थानीय तहका कमिटि सम्म पार्टी एकता भए पनि सुर्खेतमा भने अहिलेसम्म हुन सकेको थिएन। तत्काल जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो। यसलाई जिल्ला कमिटि बैठकबाट अनुमोदन गराउने नेकपा सुर्खेतका नेता अमृत बिसिले जानकारी दिनुभयो।

Loading...

प्रतिकृया लेख्नुहोस्: