मंसिर ४ गते, २०७६

विप्लव समूहका भक्तपुर इन्चार्ज पक्राउ

पटक हेरिएको

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ परेका छन्। इन्चार्ज टेक बहादुर केसी हिजो साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।

भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन। केसी विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन्। यसअघि दुईपटक विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परिसकेका छन्।

पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य हुन्। उनलाई भक्तपुर र ललितपुर इञ्चार्जको जिम्मेवारीसमेत दिइएको थियो। तर, उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीले कारबाही गरेको थियो।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: