मंसिर ४ गते, २०७६

हेलिकप्टर चार्टर गर्दा पनि उम्मेदवारी फिर्ता भएन

पटक हेरिएको

काठमाडौं । बागलुङको प्रदेशसभा क्षेत्रनम्बर २ (क) मा हुने उपनिर्वाचनका लागि बागी उम्मेदारी दएिका शेरमान घर्तीको उम्मेदवारी फिर्ता भएन् ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बागी उम्मेदारी दिएका घर्ती उम्मेदवारी फिर्ताका लागि हेलिकप्टर चार्टर गरेर सदरमुकाम गए पछि समय सकिएका कारण फिर्ता हुन सकेन । यद्यपी उनले आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई सहयोग गर्ने बताएका छन् ।

आज दिउँसो १ बजेसम्म उम्मेवरी फिर्ताको समय थियो। नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए।

घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित उम्मेदवार समेत हुन् । नेकपा बाग्लुङका अध्यक्ष इनद्रलाल सापकोटाले शेरमानलाई हेलिकोप्टरमा राखेर ल्याएर पुष्टि गरेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: