मंसिर ४ गते, २०७६

‘विगतमा राजा राणाहरुले छाडे भनेर सरकार चुप बस्दैन’ : परराष्ट्रमन्त्री ज्ञवाली

पटक हेरिएको

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा मिचिएको विषय समाधान गर्न सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने बताएका छन् । भारतले बलमिच्याई गरेर कालापानी आफ्नो सीमामा राखेर नक्सा जारी गरेको बताउँदै उनले यसलाई सरकारले कूटनीतिक र राजनीतिक पहलबाट हल गर्ने ज्ञवालीले बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए।

उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ।’

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: