मंसिर ४ गते, २०७६

सीमा अतिक्रमण : अनेरास्ववियूले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेकपा सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकपक्षीय नक्सा जारी गरेर सीमा बनाउन खोजिएको बताएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालसालै जारी गरेको राजनीतिक नक्सा बलमिच्याइँ गरेर ल्याएको भन्दै नेपालले स्वीकार नगर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’ विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए।

अनेरास्ववियूले नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपि शर्मा ओली ज्युको अगुवाइमा सबै राजनीतिक दलहरुको बिचमा कायम गरिएको ऐतिहासिक र अभुतपुर्व राष्ट्रिय सहमतिको समेत स्वागत गरेको जारी विज्ञप्तिमा बताएको छ। अनेरास्ववियूले आफ्ना विभिन्न ५ बुँदे मागसहित परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो। मन्त्री ज्ञवालीलाई भेट्न अनेरास्ववियूका संयोजक ऐन महर, सह संयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत, पञ्चा सिंह लगायतका नेताहरु पुगेका थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: