‘विप्लव’ लाई वार्तामा आउन आग्रह - Nepal Talk
आश्विन १२ गते, २०७७

‘विप्लव’ लाई वार्तामा आउन आग्रह

पटक हेरिएको

खस्यौली । मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।

बुटवलमा मानवअधिकार तथा शान्ति समाज, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विप्लव जी, परिस्थिीतिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस ।” उनले हिंसा अन्त्यका लागि नागरिकस्तरमा दबाब आवश्यक रहेको धारणा व्यक्त गर्दै सरकारले पनि दमनको नीति अख्तियार गर्न नहुनेमा जोड दिए।

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष सफल बनाउनसमेत हिंसाको अन्त्य अनिवार्य भएको उल्लेख गरे। पहाडीले आवधिक निर्वाचन महङ्गो र खर्चिलो भएका कारण मुलुकमा भ्रष्टाचार बढेको बताए । समाजका अध्यक्ष डिपी खनाल, उपाध्यक्ष गोविन्द खनाललगायतले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको दबाब आवश्यक भएकामा जोड दिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्: