मैले गरिवीसंग लडें मैले अभाव संग लडें - Nepal Talk
जेष्ठ १६ गते, २०७७

मैले गरिवीसंग लडें मैले अभाव संग लडें

पटक हेरिएको

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले बाल्यकाल देखि नै बन्दुक सँग खेलेर नै सफला प्राप्त गरेको बताएका छन्।

साहित्यिक कविता शैलिमा तामाङले सामाजिक सञ्जालमा लेखेका छन् :

मैले बन्दुक संग खेलें
मैले तरवार संग खेलें
मैले तिर,संगीन संग खेलें
कतै हारें , कतै जितें।

मैले गरिवीसंग लडें
मैले अभाव संग लडें
मैले संकट संग जुधें
कहिले लडें , कहिले उठें।

मैले संघर्षमा जीवन खोजें
मैले बिद्रोहमा भबिष्य खोजें
मैले व्यवस्थाको बिकल्प खोजें
थोरै निराशा , धेरै आशा राखें।

मैले मन बुझें
मैले धन बुझें
मैले रण बुझें
मैले जीवन बुझें
अविश्वास वीच विश्वास रोजें।

Loading...

प्रतिकृया लेख्नुहोस्: