बुटवल सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा - Nepal Talk
जेष्ठ २३ गते, २०७७

बुटवल सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा

पटक हेरिएको

बुटवल । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ। बुटवल उपमहानगर, प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने बुटवलका मेयर शिवराज सुवेदीले सहभागी सबैलाई सामूहिक प्रतिवद्धता गराए। मेयर सुवेदीले अब बुटवलमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने र सडकमा रात बिताउनुपर्ने अवस्था नरहने बताए।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको भएको बताए । उद्योग पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश ५ लाई नै मागेर खान नपाइने क्षे बनाइने दाबी गरे।

सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्नुअघि बुटवलमा रात्रिकालीन उद्धार कार्यलाई तीव्रता दिइएको थियो । उद्दार गरिएका करिब २ सयलाई मानव सेवा आश्रममा राख्ने गरिएको छ। यस्तै सामाजिक विकास मन्त्रालय र बुटवल उपमहानगरले २ वटा घरको भाडामा तिरिदिने गरेको छ । बुटवलको हिलपार्क गेट नजिक आश्रमको आफ्नै भवन बनाउने तयारी पनि छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: